Comments Add Comment

विपिनकी श्रीमति बनेपछि बर्षाको घाटीमा पोते

barsha raut in jatra
आइतबार बिहान चलचित्र ‘जात्रा’को शुभसाइतमा पुगेका केहि पत्रकार र चलचित्रकर्मी छक्क परे, जतिबेला उनीहरुले नायिका बर्षा राउतको घाटीमा पोते देखे । अविवाहित नायिकाको घाटीमा विवाहित महिलाले लगाउने पोते कसरि ? केही समय चर्चा चल्यो ।

कुरा वुझ्दै जाँदा यो चलचित्रमा राउत कलाकार विपिन कार्कीकी श्रीमतिको भूमिकामा देखिदैछिन् । यसैले गर्दा उनले पोते लगाएकी रहिछन् । शुभसाइत समारोहमा नै बर्षा आफ्नो भूमिका अनुसारको गेटअपमा उपस्थित भएकी रहिछन् । jatra muhurta in aasan jatra muhurta
सहायक निर्देशक भएर काम गर्दै आएका प्रदिप भट्टराइले निर्देशन गर्ने यो चलचित्रको चर्चित हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभसाइत गरेका थिए । प्रदिपले मह जोडीसँग लामो समयदेखि काम गर्दै आएका छन् ।

षटकोण पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन भोलीबाट सुरु हुनेछ । असनका ३ व्यापारिको कथामा बन्न लागेको यो चलचित्र कात्तिक १३ गतेबाट प्रदर्शनमा आउनेछ ।

अभावको जीवनमा पनि खुशीले बाचिरहेका ३ व्यापारिको जीवनमा आएको समस्या र त्यसले उत्पन्न गर्ने परिस्थितीको कथामा यो चलचित्र बन्नेछ । चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर महर्जनको एक्सन रहनेछ ।

चलचित्रमा निर्माता रविन्द्र बाँनिया, विपिन कार्की, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, प्रविण खतिवडा, कमलमणी नेपाल, सुस्मिता कार्कीको मुख्य भूमिका रहनेछ । यादव पौडेल र सिंगे लामाले लगानीमा सहकार्य गरेका छन् ।

तस्विरः उत्सव रसाइली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment