Comments Add Comment

धुर्मुस-सुन्तलीलाई जापानबाट ११ लाख सहयोग

Japan-abata-sahayogटोकियो । भूकम्पपछि ‘राष्ट्र पुननिर्माणमा जुटौं’ भन्ने अभिनयका साथ एकीकृत बस्ती निर्माण परियोजनालाई आत्मसाथ गर्दै अगाडी बढेको धुर्मुस सुन्तली फाउण्डेशनलाई जापानबाट व्यक्तिगत र संस्थागत गरी ११ लाख १५ हजार ५ सय रुपैयाँ भन्दा बढी रकम सहयोग गरिएको छ ।

युवा समाजसेवी शिव तण्डुकारको संयोजनमा गठित गिरान्चौर एकीकृत बस्ती निर्माण परियोजनाको सहयोगार्थ आर्थिक संकलन अभियानमार्फत जापानबाट संकलित ७ लाख ९५ हजार ४ सय ३९ जापानी येन (८ लाख रुपैयाँ) आइतबार नेपाल पठाएको छ ।

जापान मनि एक्सप्रेस जेएमइमार्फत उक्त रकम त्रिपूरेश्वरस्थित कृषि बिकास बैंकमा रहेको धुर्मुस सुन्तली फाउण्डेशनको खातामा पठाएको हो । करिब ४ करोड भन्दा पनि बढी अनुमानित लागत रहेको सिन्धुपाल्चोकस्थित गिरान्चौर एकीकृत बस्ती निर्माण परियोजनाका लागि जापानबासी नेपालीहरुबाट संकलन गरि फाउण्डेशनको खातामा पठाएको अभियानका उपसंयोजक हरिचन्द्र लामाले अनलाइखबरलाई बताए ।

त्यस्तै यसअघि नै विई फर अलले संस्थागत रुपमा गायकद्वय सत्य-स्वरुपराज आचार्यमार्फत फाउण्डेशनलाई ७१ हजार जापानी येन (६८ हजार ४ सय ९ रुपैयाँ सहयोग रकम पठाएको संस्थाका अध्यक्ष सरोजकुमार खत्रीले बताए ।

व्यवसायी तथा समाजसेवी नरबहादूर थापाले पनि हाँस्यकलाकार पल्पसा डंगोलमार्फत फाउण्डेशनलाई ५६ हजार जापानी येन (५० हजार रुपियाा) सहयोग गरेका छन् । जापान बस्दै आएको दृष्टिबिहिन प्रोफेसर डा. कमल लामिछानेले पनि ५१ हृजार १ सय ५१ रुपियाा सहयोग गरी गिरान्चौर एकीकृत बस्ती निर्माणमा हातमा हात मिलाएका छन् ।

यस्तै नगेन्द्र श्रेष्ठ र शारदा श्रेष्ठको जोडीले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपियाा सहयोग गरे ।

गोरखाका भन्तना अम्बीकाले पनि २३ हजार ४१ रुपियाा फाउण्डेशनको खाता पठाएको बताए । नवलपरासीका होमनाथ आचार्यले फाउण्डेशनलाई ११ हजार ८ सय ३१ रुपैयाँ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment