Comments Add Comment

मेचु भन्दैछिन्–किन बढ्छ दिलको धड्कन

timro-bato
काठमाडौं । पहिलो भिडियो ‘कदम कदम’ले चर्चा पाएपछि मख्ख छिन् मेचु धिमाल । ‘साथीहरुवाट राम्रो रेस्पोन्स आएको छ निकै रमाईलो लागेको छ’ अनलाइनखबरसँग कुरा गर्दै मेचुले भनिन् ।

स्नातक तेस्रो वर्षमा अध्ययनरत मेचु ‘नेपाली तारा सिजन-३’ मा सहभागी भएकी थिइन् । उक्त कार्यक्रमवाट उपलब्धी हात नपरेपनि यो भिडियोले भने उनलाई राम्रै उपलब्धि दिने सम्भावना बढेको छ ।

गीत संगीतमा सानैदेखि रुची राख्दै आएकी मेचुको यो पहिलो भिडियो हो । ‘कदम कदम’ बोलको गीतमा उनले स्वर मात्रै दिएकी छैनन् मोडलिङ पनि गरेकी छिन् । निकेश खड्काको निर्देशन रहेको उक्त भिडियोमा लिखु सहयात्रीको शब्द र पुरुसोत्तम न्यौपानेको शब्द रहेको छ ।

भिडियो हेर्नेहरुले उलाई सोध्ने गरेका छन् । अब मोडलिङमा पनि सक्रिय हुने हो ? तर, उनी मोडलिङलाई ब्यबसायिक बनाउने सोचमा छैनन् । भन्छिन् ‘गायनमा सक्रिय भएर लाग्छु मोडलिङमा ध्यान दिन्न ।’

आफ्नै गीत भएकाले मोडलिङ गरेको धारणा राख्ने मेचु संगीतमा भने पोख्न हुने योजनाका साथ अघि बढ्ने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment