
१२ चैत्र, गोरखा । गोरखा नगरपालिका-१३ पाँच किलोमा बस र ट्रक ठोक्किदा बसका चालकसहित दर्जन बढी घाइते भएका छन् ।
तनहुँको आबुखैरेनीबाट गोरखाको शेरा आउँदै गरेको ना७ख २०७० नम्बरको बस र गोरखाबाट आबुखैरेनी जाँदै गरेको ना५ख ५८११ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् ।
घाइतेहरुको तनहुँको आबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रमुख दयाराम पौडेलले बताए । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको उनले बताए ।
दुबै सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4