१२ चैत, काठमाडौं । नेपालगञ्ज रंगशालाको भीआईपी प्याराफिट निर्माण कार्य मंगलबारदेखि सुरू गरिएको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन हुने नेपालगञ्ज रंगशाला समयमै निर्माण सम्पन्न नहुँदा अहिले पनि प्रतियोगिता अन्यौलमै छ । तर, रंगशालाको भीआईपी प्याराफिट निर्माण कार्य भने गलबारदेखि सुरु गरिएकाे छ । चीनबाट जडान गरिने सामग्री समयमै नआउँदा निर्माण सुरु हुन सकेकाे थिएन ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले मगलबारबाट भीआईपी प्याराफिट निर्माण सुरु गरिएको जानकारी दिदै भने, ‘आजदेखि भीआईपी प्याराफिट निर्माणको सामग्री जोडान सुरु भयो । अबको ६ दिनभित्र सकिन्छ ।’
भौतिक पूर्वाधार अभावकै कारण आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अहिलेसम्म आधिकारिक मिति तोकिएको छैन । चैत अन्तिम सातदेखि सुरु भएर वैशाखमा समापन हुने भनिएको छ । तर, युवा तथा खेलकुद मन्त्रालयले यही चैत १५ गते बैठक बसेर मिति पनि ताेक्ने सदस्य सचिव विष्टले बताए ।
सबै तस्वीरहरू : राखेप
प्रतिक्रिया 4