Comments Add Comment

सात करोडमा थप दुई मोबाइल खाद्य परीक्षण ल्याब भित्रिँदै

mobile-lab
६ असार, काठमाडौं । सरकारले मोबाइल खाद्य परीक्षण ल्याब थप गर्ने भएको छ । अहिले एउटा मात्रै माबोइल ल्याब सञ्चालन गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले थप दुईवटा ल्याब थप्न लागेको हो ।

यसका लागि आगामी आर्थिक वर्षमा खरिद प्रक्रिया पुरा गरिने विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले अनलाइनखबरलाई जानकारी दिए । ‘अहिले चलिरहेको एउटा ल्याबले अनुुगमन तथा सचेतनाका लागि निकै राम्रो काम गरेको छ,’ उनले भने-‘त्यसैलाई ध्यानमा राखेर थप दुई वटा मोबाइल ल्याब भित्र्याउने निर्णय भएको हो ।’

मोबाइल ल्याब भन्नाले भ्यानमा खाद्य परीक्षणको ल्याब जोडिएको गाडी हो । जसलाई अनुगमनमा जाँदा प्रयोग गरिन्छ । खाद्यन्नमा कुनै अखाद्य वस्तु मिसिएको छ/छैन र त्यो खानका लागि योग्य छ कि छैन भन्ने ‘अन द स्पप’ परीक्षण गर्न यसको प्रयोग गरिन्छ ।

यसमा खाद्य निरिक्षक पनि हुन्छन् । अनुगमनमा कुनै अशंका लागेका वस्तु तुरुन्तै ल्याबमा परीक्ष्ण गरिन्छ । कुनै कमजोरी भेटिए तरुन्तै थप नमुना लिएर विस्तृत परीक्षणका लागि मुख्य प्रयोगशालामा ल्याइन्छ ।

यसले अखाद्य वस्तु बेच्नेविरुद्ध कारवाही अघि बढाउन निकै सहज भएको प्रवक्ता वस्तीले बताए ।   अहिले विभागसको मोबाइल ल्याब राजमार्गहरुको होटल अनुगमनका क्रममा बढी प्रयोग हुने गरेको छ । तर, एउटा मात्रै भएकाले त्यो अपर्याप्त भएको वस्तीको भनाइ छ ।

‘क्षेत्रीय कार्यालयहरुलाई प्रयोग गर्न दिने गरी नयाँ दुई  ल्याव भित्रिँदैछ’ वस्तीले भने-‘यसपछि बजारमा अनुगमनको दर पनि बढ्ने छ भने प्रभावकारी पनि हुँदै जानेछ ।’

दुईवटा मोबाइल ल्याब किन्न झण्डै सात करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । आगामी आथिर्क वर्षमा ति ल्याब नेपाल भित्रिएर प्रयोगमा आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment