Comments Add Comment

माओवादीले भन्यो- अफगानिस्तानमा नेपालीको सुरक्षा व्यवस्था मिलाऊ

घाइतेको उपचारका लागि पहल गर्न आग्रह

६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले काबुल आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । माओवादीले अफगानिस्तानमा बसोबास गर्ने नेपालीहरुको सुरक्षा व्यवस्था मिलाउन र घाइतेको उपचारका लागि तत्काल पहल गर्न नेपाल सरकारसँग आग्रह पनि गरेको छ ।
Maoist-Centerकाबुलमा सोमबार भएको आत्मघाती आक्रमणबाट १४ नेपालीको मृत्यु भएको छ । आक्रमणमा घाइते भएका ९ जनामध्ये ५ जना नेपाली छन् ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालबाट जारी विज्ञप्तिमा तालिवानबाट भएको आक्रमणको निन्दा र भर्त्सना गरिएको छ ।

‘हाम्रो पार्टी तालिवानद्वारा गरिएको उक्त आतंककारी घटनाको तीव्र निन्दा र भर्त्सना गर्दछ । मृतक नेपालीहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरुका परिवारजनप्रति समवेदना व्यक्त गर्दछ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘त्यहाँ रहेका नेपालीहरुको सुरक्षा व्यवस्था र घाइतेको उपचारका लागि तत्काल पहल गर्न नेपाल सरकारसँग आग्रह गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment