Comments Add Comment

अमेरिकाको अदातलमा चलेको मुद्दा राष्ट्र बैंकले जित्यो

Nrb-810७ असार, काठमाडौं । सन् २००८ मा नेपाल बंगलादेश बैंकमा एक चिनियाँको नामबाट आएको १० लाख डलरबारे अमेरिकाको अदातलमा चलेको मुद्दामा नेपाल राष्ट्रबैंक बिजयी भएको छ ।

अवैधरुपमा रकम आएको भन्दै राष्ट्रबैंकले कारबाही अघि बढाएका बेला नेपाली मुलका नागरिक असीम क्षेत्री खत्रीले अमेरिकी अदालतमा मुद्दा हालेका थिए ।

स्रोत नखुलेको १० लाख डलरको मुद्दामा अमेरिकाको स्टेट कोट अफ अपिलले नेपालको पक्षमा फैसला गरेको अाजको अन्नपूर्णमा समाचार छ ।

राष्ट्र बैंँकले फैसलाको विवरण नेपाललाई प्राप्त भइसकेको छ । सन् २००८ मा भैसेपाटीस्थित बंगलादेश बैँंकमा १० लाख डलर रकम चिनियाँ नागरिक उ लिज्याङको नाममा आएको थियो । उनी पर्यटक भिसामा नेपाल बसिरहेका थिए ।

बैंकलाई स्रोतमाथि शंका लागेर अनुसन्धान गर्न राष्ट्र बैंकमा विवरण पठायो ।  स्रोत नखुलेको रकमको शंका लागेपछि राष्ट्र बैंकले अनुसन्धानका लागि पैसा रोकेको थियो ।

रकम रोकेपछि अदालतको आदेशमा अमेरिकास्थित राष्ट्र बैँकको खाताबाट १० लाख डलर रकम झिकेर  भुक्तानी दिने तयारी भएको थियो । त्यसपछि राष्ट्रबैंकले कूटनीतिक नियोग प्रयोग गरी पैसा भुक्तानी गर्न रोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment