७ असार, काठमाडौं । अफगानिस्तानको काबुलमा तालिबानको आक्रमणमा १२ नेपाली मारिए । सरकारले यसलाई मानवताविरुद्धको अपराध भन्दै भत्र्सना गरेको छ । सञ्चार माध्यमहरुमा अफगानिस्तान जानु वैध कि अवैध भन्ने बहस चलेको छ ।
तर, कांग्रेस नेता गगन थापाले भने काबुल घटनाले राजनीतिकर्मीहरुको अनुहारमा रगतको छिटा परेको टिप्पणी गरेका छन् । नेपाली युवाहरुको अफगानिस्तान गएको कुरा अर्थ राजनीतिसँग जोडिएको भन्दै थापाले अनलाइनखबरसँग भने- ‘नेपाली युवाहरु अफगानिस्तान, इराकजस्ता जोखिमयुक्त ठाउँहरुमा गएका छन् भन्ने हामी सबैलाई थाहा छ । तर, पनि थाहा नपाए जस्तो गरिरहेका छौं । किनभने उनीहरुले पैसा पठाउँछन् र हाम्रो जीविका चलेको छ ।’
थापाका अनुसार इराकमा १२ नेपाली मारिएको घटना होस् वा काबुल घटना होस्, यसबाट राजनीतिकर्मीहरुले रियलाइजेसन गर्नु पर्ने हो, तर, त्यो देखिँदैन ।
गगनले अघि भने, हामी आतंकवादको भत्र्सना गरेका बसेका छौं । अहिले त हामी देशको राजनीति ठीक पार्छु भन्ने हामीजस्ता राजनीतिज्ञहरुले त नेपाली युवाहरु अफगानिस्तान किन पुगे ? के भएको भए पुग्दैनथे भनेर बहस गर्नुपर्ने हो ।’
अफगानिस्तान जानु वैधानिक कि अवैधानिक भन्ने एउटा विषय हो । सरकारले कतिपय ठाउँलाई जोखिमयुक्त भनेर पनि जान नदिएको छैन, उसले केही सर्तहरु राखेर जान दिएको छ ।
तर, काबुल घटना राजनीतिकर्मीहरुका लागि नैतिक प्रश्न भएको थापा बताउँछन् । ‘हामीले नियम कानुन बनाएका छौं र फि्र भिसा फि्र टिकटमा विदेश जान सकिन्छ भनेका छौं’ उनले भने, तर, हजारौं युवाहरु टेबलमुनिबाट पैसा दिएर गएका छन् ।’
उनले अघि भने, अफगानिस्तानजस्तो जोखिमयुक्त ठाउँमा नेपाली युवाहरु जानु उनीहरुको बाध्यता हो । सरकारको आर्थिक सर्वेक्षण अनुसार साढे ५ लाख रोजगारी चाहिन्छ । तर, मुस्किलले ५० हजार पनि रोजगारी सिर्जना हुँदैन । तर, जिविका त चलाउनुपर्यो । अनि नियम कानुन बनाएर र जोखिम छ भनेर भनेको भरमा रोकिन्छ र ?’
जब नेपालमै रोजगारी श्रृजना गर्न सकिन्छ, त्यसबेला मात्र जोखिमयुक्त ठाउँमा नजाउँ भन्न सकिने उनले बताए ।
कांग्रेस नेता थापाले अनलाइनखबरसँग भने, नेपालमै रोजगारी श्रजना गर्न सकेको अवस्थामा यहाँ जिविका चल्ने बनाउन सकेपछि मात्र त्यहाँ खोजिम छ, लोभ नगर भन्न सकिन्छ ।’
यसलाई काबुल घटनासँग जोड्दै उनले भने, काम र मामको खोजीमा तन्नेरीहरुलाई यस्तो जोखिमपूर्ण ठाउँमा जान वाध्य पार्ने हामी राजनीतिज्ञहरुको अनुहारमा रगतको छिटा परेको छ । हामी भने अनुहारको छिटा नपुछेर ऐना पुछिरहेका छौं ।
प्रतिक्रिया 4