+
+
Shares

कपिलवस्तुमा चट्याङ लागेर एकको मृत्यु

गाउँमा हाइभोल्टेज प्रवाह हुँदा विद्युतीय सामाग्रीमा क्षति

सनिउल्ला धोबि सनिउल्ला धोबि
२०७३ असार ७ गते ११:४६

Chatyang

७ असार, चन्द्रौटा । कपिलवस्तुको विद्यानगर गाविसमा चट्याङ लागेर मंगलबार एक जनाको मृत्यु भएको छ । कपिलवस्तुकै गुगौली गाविसको एक गाउँमा चट्याङकै कारण स्थानीयको विद्युतीय सामाग्रीहरुमा क्षति पुगेको छ ।

मंगलबार बिहान खेतमा काम गरिरहेका बेला चट्याङ लाग्दा विद्यानगर गाविस-७ बकौलीका ५५ वर्षीय गास मोहम्मद मुसलमानको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका असई मानबहादुर खत्रीले जानकारी दिए ।

यसैगरी चट्याङ लागेर कपिलवस्तुको गुगौली गाविस-४ लोहरौलाका बासिन्दाको घरमा क्षति पुगेको छ । चट्याङसँगै विद्युतको हाई भोल्टेज प्रवाह हुँदा घरका विद्युतीय सामानमा क्षति पुगेको हो ।

लोहरौला गाउँमा ४०-४५ घर छन् । गाउँका सबैजसोका घरका टिभी, फि्रज, पंखा लगायतका सामाग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । विद्युत सेवा पनि बन्द भएपछि स्थानीय मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?