नायक भूवन केसी चलचित्र ‘डि्रम्स’ प्रदर्शनका लागि अमेरिकामा छन् । उनी केही दिन अगाडि सुटुक्क अमेरिका पुगेका हुन् । सामाजिक संजालमा अमेरिकाका केही नेपालीले हालेको भिडियोले उनी त्यहाँ पुगेको धेरैले जानकारी पाएका हुन् ।
अष्ट्रेलिया, वेलायतमा नायक भूवन केसी एक्लै पुगेका थिएनन् । त्यहाँ चलचित्रको शो हुँदा भूवनसँगै चलचित्रका नायक तथा उनका छोरा अनमोल केसी पनि पुगेका थिए । तर, यसपटक अमेरिकामा भने अनमोल भूवनसँग गएनन् । आखिर किन त ?
हुनत, केहि दिन अगाडि ‘कृ’ नामक चलचित्रको संझौता गर्दा अनमोलले अब आफू अमेरिका नजाने बताएका थिए । यो चलचित्रको तयारीका लागि आफूले अमेरिका समेत नजाने अनमोलको भनाई थियो । यो चलचित्रको छायांकन सुरु हुन ६ महिना बाँकी छ ।
चलचित्रको छायांकन सुरु हुन ६ महिना बाँकी रहँदा नै अनमोल अमेरिका नगएर नेपालमै छन् । गसिप बजारमा चर्चा यो पनि छ कि, अनमोललाई अमेरिकाले भिसा दिएको थिएन । यसैले अनमोलले चलचित्र ‘कृ’को तयारीलाई बहाना बनाएका थिए । कतै, यी सुपरस्टारलाई अमेरिकाले नपत्याएको त होइन ?
प्रतिक्रिया 4