+
+

काबुल आक्रमण: अमृतको चाहना अपूरै

रासस रासस
२०७३ असार ८ गते १४:३३

Amrit-Bahadur-Thapa८ असार, लमजुङ  । छोरा पढाएर डाक्टर बनेको हेर्ने अमृतबहादुर थापाको चाहना पूरा हुन सकेन । नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि छोरालाई डाक्टर बनाउने चाहनाका साथ पैसा कमाउन अफगानिस्तानको राजधानी काबुलमा पुगेका अमृतले छोरा डाक्टर भएको देख्न पाएनन् ।

सोमबार काबुलमा तालिवान आतङ्ककारीको आत्मघाती बम हमलामा ज्यान गुमाएका अमृतबहादुरको परिवार यतिबेला शोकमा डुबेको छ ।

थापाको मृत्यु भएको खबरले परिवारमा रुवाबासी चलेको छ, भने अर्चलबोट शोकमग्न भएको छ । सात वर्ष अफगानिस्तानमा बसेर वैशाखको दोस्रो हप्ता घर फर्केका लमजुङको अर्चलबोट–९, साँखरका अमृतबहादुर थापा एक महिना गाउँमा बसेर पुनः अफगानिस्तानमै फर्किएका थिए । सात वर्ष बिताएर गत जेठको १६ गते अफगानिस्तान फर्किएका उनको एक महिना नपुग्दै ज्यान गएको हो ।

अफगानिस्तान असुरक्षित छ भन्ने सुनेकी उनकी श्रीमती दुर्गा सुयेंल (थापा)ले गत शनिबारबाट श्रीमान्सँग कुरा नभएको बताइन् । श्रीमान्सँग दैनिकी कुरा हुन्थ्यो, उनले रुँदै भनिन्, ‘डाक्टर पढेको छोरालाई हामीले खर्च गर्नुपर्छ भन्नुहुन्थ्यो, हामीले दुःख गरेर पनि छोराछोरीलाई सके जति पढाउनु पर्छ भन्नुहुन्थ्यो ।’

विदेश गएको एक वर्षमै छुट्टी लिएर फर्कने र यतै बस्ने भनेर अफगानिस्तान फर्किएको उनले बताइन् । नेपाल प्रहरीका पूर्व प्रहरी नायवनिरीक्षक समेत रहेका थापा पेसा निवृत्त भएको केही वर्ष पछि नै अफगानिस्तान गएका थिए । थापाको श्रीमती, एक छोरा र दुई छोरी छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?