Comments Add Comment

पीडितलाई एकमुष्ट ४० लाख दिलाएर एचपी ग्यासलाई उन्मुक्ति

८ असार, काठमाडौं । सरकारले सिलिन्डरको सुरक्षामा लापरवाहीको आरोप लगाएर कारवाही गरेको एचपी ग्यास उद्योगलाई अन्ततः उन्मुक्ति दिएको छ । आपूर्ति मन्त्रालयले व्यवसायीको आन्दोलनको दवावमा एचपी ग्यासमाथि गरिएको कारवाही फुकुवा गरेको हो ।

HP-Gasबुधबार सरकारले आन्दोलित उद्योगीसँग सिलिन्डर विष्फोटको घटनापछि रोकिएको एचपी उद्योगको अग्रिम अर्डर (पीडीओ) खोल्ने सहमति गरेको छ । आपूर्ति मन्त्रालयमा भएको वार्तामा ३ जनाको मृत्यु हुने गरी ललितपुरमा भएको सिलिन्डर बिष्फोटको घटनाका पीडितलाई एकमुष्ट ४० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमित गरिएको छ । त्यसैअनुरुप पीडितले आजै सो रकम बराबरको चेक पनि बुझेको मन्त्रालयका प्रवक्ता आन्दराम रेग्मीले अनलाइनखबरलाई जानकारी दिए ।

छानविन समितिले उद्योगको कुनै दोष नदेखिने गरी प्रतिवेदन बुझाएपछि वार्तामार्फत क्षतिपूर्ति दिएर कारवाही फुकुवा गरिएको हो । नेपाल एलपी ग्यास उद्योग संघले एचपीको पीडीओ रोकेको विरोधमा हिजोदेखि सबै उद्योगलाई पीडीओ नलिन निर्देशन दिएको थियो । त्यसैअनुसार आन्दोलन थालेका उद्योगीले त्यसलाई स्थगित गरेर भोलिदेखि आयल निगमबाट पीडीओ लिन थाल्नेछन् ।

सिलिन्डरको सुरक्षामा ग्यास उद्योगहरुले हेलचक्र्याँइ गर्दा घर-घरमा ‘सिलिन्डर बम’ भित्रिरहे पनि सरकारले दोषी उद्योगलाई उन्मुक्ति दिएको छ । छानविन समितिले नै सबै दोष उपभोक्तामाथि थोपरेपछि कारवाही जारी राख्न नसकिएको वार्तामा सहभागी एक अधिकारीले बताए ।

वार्तामा आपूति मन्त्रालयका उपसचिव बाबुराम भुसाल, आयल निगमका प्रवक्ता मुकुन्द घिमिरे, ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment