+
+

काबुलमा मारिएका नेपालीको परिवारलाई एनआरएनले सहयोग गर्ने

बसन्त रानाभाट बसन्त रानाभाट
२०७३ असार ८ गते २०:३९

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तानमा ज्यान गुमाएका १२ नेपालीको परिवारलाई एक- एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

NRNA-uaeसंघको अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत परोपकार तथा मानबिय साहयता समितिबाट उक्त रकम सहयोग गर्न लागेको हो । काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीहरुको मृत्यु भएको थियो । र उनीहरूको शव काठमाडौं पुगेको छ ।

गैर आबासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १२ नेपाली तालिबानको आक्रमणमा मारिएको घटनाले संघ अत्यन्तै दुःखी भएको बताए। उनले भने, कमाउँन गएका हाम्रा दाजुभाईहरुको शप बाकसमा फर्किएको छ ,यस्तो दुःखद घडीमा मृतकका परिवारलाई थोरै भए पनि राहत होस् भन्दै सहयोग घोषणा गरेका हौं ।

घटनाले देशवसी नेपालीहरु मात्र नभई विदेशमा गैरआबासीयहरुको मन पनि रोएको भन्दै उपाध्यक्ष पन्तले काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामाना गरे ।

संघका अध्यक्ष शेष घलेले घटना लगत्तै शोक बक्तब्य जारी गर्दै आतंककारी हमलामा बैदेशिक रोजगारीमा रहेका नेपालीले ज्यान गुमाउँदा संसारभरी रहेका गैरआवासीय नेपालीहरु स्तब्ध र मर्माहत भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?