+
+

लक्ष्यअनुसार बेरुजु फर्छ्यौट नगर्ने सचिवलाई कारबाही

पेश्की वितरण रोक्न पनि निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ९ गते १६:१९

९ असार, काठमाडौं । सरकारले चालु आर्थिक बर्षभित्र ५० प्रतिशत बेरुजु फर्छ्यौट नगर्ने सचिवलाई कारबाही गर्ने चेतावनी दिएको छ । बेरुजु रकम फर्छ्यौटमा चासो नदिँदा हरेक बर्ष बेरुजु बढ्दै गएपछि मुख्य सचिव डा. सोमलाल सुवेदीले यस्तो चेतावनी दिएका हुन् ।

Somlal-Subadiबेरुजु फर्छ्यौट लक्ष्य हासिल नगर्ने सचिवलाई कारबाहीस्वरुप उनीहरुको कार्यसम्पादन मूल्यांकन अंक घटाइदिने मुख्य सचिव सुवेदीले चेतावनी दिएका हुन् । सचिव बैठकमा निर्देशन दिँदै मुख्य सचिव सुवेदीले असार मसान्तसम्म कम्तिमा ५० प्रतिशत बेरुजु फर्छ्यौट गर्न निर्देशन दिएका छन् । अहिलेसम्म एउटा मन्त्रालयले सरदर ३० प्रतिशतमात्र बेरुजु फर्छ्यौट गरेका छन् ।

कारबाहीबाट बँच्न उनीहरुले बाँकी २० दिनमा कम्तिमा थप २० प्रतिशत बेरुजु फर्छ्यौट गरिसक्नु पर्नेछ ।

अहिले राज्यकोषमा करिब ३ खर्ब २८ अर्ब ५१ करोड बेरुजु रहेको छ ।

पेश्की वितरण रोक्न पनि निर्देशन

यस्तै मुख्य सचिव सुवेदीले पेश्की वितरण रोक्न पनि निर्देशन दिएका छन् । पेश्की दिइएको अधिकांश रकम बेरुजुमा देखिएपछि उनले यस्तो निर्देशन दिएका हुन् । तर अधिकांश मन्त्रालयले आर्थिक वर्षको अन्त्यमा पुँजीगत खर्च बढाउन जथाभावी खर्च गरेको र पेश्की वितरण हृवात्तै बढेको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्ने विल सूचीले देखाएको छ ।

देशको कुल बजेटको एक तिहाइ बराबर रकम अहिले बेरुजु देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?