+
+
Shares

आलोचनाले राम्रो खेल्न प्रेरित गरेको छः डि गाय

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ९ गते १२:१२

De Dea

स्पेनिस गोलरक्षक डेभिड डि गायले आलोचनाले आफुलाई अझै राम्रो प्रदर्शन गर्न प्ररणा प्रदान गर्ने बताएका छन् ।

स्पेनले समूहको अन्तिम खेलमा गत मंगलबार क्रोएशियासँग २-१ ले पराजित भएपछि गायको खुवै आलोचना भएको छ । तर उनी यस्तो आलोचनालाई राम्रो प्रदर्शनका लागि उत्साहित गर्न प्रयोग गरिरहेका छन् ।

इंग्लिस महारथी म्यान्चेस्टर युनाइटेडका यी गोलरक्षक क्रोएशियाबिरुद्धको खेलमा निक्कै अस्थिर देखिएका थिए । क्रोएशियाका फर्वार्डको अगाडि उनले आफ्नो पोजिसन गुमाएका थिए भने इभान पेरिसिकको गोलमा उनी अप्रत्यासित तरिकाबाट ‘बिट’ भएका थिए । त्यसपछि मिडिया र समर्थकले स्पेनको पराजयको सम्पूर्ण दोष गायमाथि लगाइरहेका छन् ।

‘जसले सपना देख्न छाड्छन् उनीहरु हार्नेछन्, आलोचनाका लागि धन्यबाद यसले मलाई अझै राम्रो गर्न प्रेरित गर्नेछ ।’ गायले भने । स्पेनले क्रोएशियासँग पराजित भएपछि समूह ‘डी’ बाट दोस्रो स्थानमा रहँदै समूह चरण सकाएको थियो । नकआउट चरणको पहिलो खेलमा आगामी सोमबार इटालीको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?