जर्मनीका भेट्रान मिडफिल्डर बास्टियन स्वेन्स्टाइगर टेनिस सुन्दरी आना इभानोभिचसँग बिहे गर्ने निश्चित भएको छ ।
१६ औं वरियतामा रहेकी २८ वर्षीय सुन्दरीसँग उनको इंगेजमेन्ट भइसकेको बताइएको छ । यो जोडी दुई वर्षदेखि डेटिङमा छ ।
त्यसो त इभानोभिचलाई कयौं अपरिचितहरुले प्रेम र विवाहको प्रस्ताव राख्ने क्रम जारी छ । तर सबैलाई पन्छाएर उनी स्वेन्स्टाइगरमा केन्द्रित बनेकी छन् । उनी भन्छिन्, ‘एउटा गतिलो व्याइफ्रेन्ड फेला पार्नु कठिन काम हो । त्यो मैले फेला पारिसकेकी छु । अब कसैले मलाई सम्पर्क गरेर बिहेको प्रस्ताव राख्नु व्यर्थ छ ।’
३१ वर्षीय जर्मन मिडफिल्डर गत मार्चमा घुँडामा चोट लागेर मैदान बाहिर रहेका थिए । तर उनले यो समय आफ्नी भावी श्रीमतीसँग गुजारे र चाँडै रिकभर पनि भए ।
उनी यथा समयमै स्वस्थ भएर युरो कपमा खेल्न सफल भए र जर्मनीका लागि यूरोपियन च्याम्पियनसीपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् ।
समुह चरणको अन्तिम खेलमा उनको सहभागीता युरोपियन च्याम्पियनसीपमा १५ औं थियो । यसअघि फिलिप लाहमको नाममा रहेको रेकर्ड उनले भंग गरेका हुन् ।
प्रतिक्रिया 4