+
+

ग्रीनल्यान्ड कब्जा गर्ने ट्रम्प अभिव्यक्तिविरुद्ध बोल्यो जर्मनी 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते १९:३७

बर्लिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्न सैन्य कारबाही गर्ने सम्भावनालाई अस्वीकार नगरेपछि जर्मनीले सीमाहरू बलपूर्वक परिवर्तन गर्न नहुने बताएको छ ।

जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्राइटले संयुक्त राष्ट्रसंघको बडापत्र जस्ता अन्तर्राष्ट्रिय सम्झौताहरूलाई औंल्याउँदै ट्रम्पको टिप्पणीको जवाफमा भने, ‘जहिले पनि दृढ सिद्धान्त लागु हुन्छ… कि सीमाहरू बलपूर्वक सार्न पाइँदैन ।’

मंगलबार एक पत्रकार सम्मेलनमा ट्रम्पले ग्रिनल्यान्ड र पनामा नहरको विषयमा सैन्य हस्तक्षेपको सम्भावनालाई अस्वीकार गरेनन् । ग्रिनल्यान्ड र पनामा नहरमाथि उनले संयुक्त राज्य अमेरिकाको नियन्त्रण चाहेको बताएका छन् ।

ट्रम्पले संयुक्त राज्य अमेरिकाको उत्तरी छिमेकी क्यानाडासँगको सीमालाई ‘कृत्रिम रूपमा खिचिएको रेखा’ भेनका छन् भने मेक्सिकोको खाडीको नाम ‘अमेरिकाको खाडी’ राख्ने बाचा गरेका छन् ।

हेबेस्ट्राइटले नाटो सहयोगी डेनमार्क र क्यानाडाविरुद्ध ट्रम्पको धम्कीलाई जर्मन सरकारले गम्भीरतापूर्वक लिएको छ कि छैन भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गरे ।

‘म ती टिप्पणीहरूको मूल्याङ्कन गर्न चाहन्नँ,’ उनले नियमित पत्रकार सम्मेलनमा भने । उनले जर्मन सरकारले तिनीहरूलाई ‘नोट’ गरेको मात्र बताए ।

-रासस/एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?