Comments Add Comment

सुन तोलामा एकैपटक ३ हजारले महंगियो

बेलायत युरोपियन युनियनबाट बाहरिने निर्णयको असर

gold-sun-chadi
१० असार, काठमाडौं । सुनको मूल्य आज शुक्रबार एकैदिनमा ३ हजार रुपैयाँ बढेको छ । बिहीबार ५६ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एकैदिन ३ हजारले बढेर ५९ हजार रुपैयाँ कायम भएको हो ।

यो साता सामान्य घटबढ भइरहेको सुनको एकैपटक मूल्यमा ३ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बेलायत युरोपियन युनियनबाट बाहरिने पक्कापक्ककी भएपछि सेयर बजारमा पाउण्ड स्र्टलिङको मूल्य ओरालो लागेर सुनको मूल्यमा असर परेको हो ।

महासंघका अध्यक्ष मणिरत्न शाक्यले बेलायत यूरोपियन यूनियनबाट अगल हुने जनमत प्कट भएलगत्तै सुनबजार उकालो लागेको बताए । नेपालको इतिहासमा सुनको मूल्य एकैपटक यति धेरै बढेको हो । यसअघि सुन एकपटकमा २४ सय रुपैयाँसम्म महंगो भएको रेकर्ड थियो ।

उनकाअनुसार हिजो अन्तर्राष्ट्रिय बजारमा प्रति औंश १२ सय ६३ डलरमा कारोबार भएको सुन आज एकैपटक १३ सय ३६ डलरमा पुगेको हो ।

‘बेलुकीसम्म अमेरिकी मार्केट पनि खुल्छ । त्यसपछि सुनको मूल्य अझै घट्छ कि बढ्छ भन्ने निश्चित गर्न सकिन्छ’ शाक्यले भने-‘बेलायतको निर्णयले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने भएकाले अमेरिकाको मार्केट खुल्ने प्रतिक्षामा हामी छौं । ‘

यसैबीच आज चाँदीको पनि प्रतितोला ३० रुपैयाँ महंगिएको छ । शुक्रबार ७ सय ९० रुपैयाँ प्रतिलोलमा किनबेच भएको चाँदी ८ सय २० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment