Comments Add Comment

३२ दिनमा सकियो ‘पलाँस’, निर्मात्री भन्छिन्-‘रेखाको नयाँ अवतार’

rekha thapa in palas
रेखा फिल्मस् भन्दा बाहिरी ब्यानरका चलचित्र नगर्ने बताउँदै आएकी नायिका रेखा थापाले एकाएक निर्मात्री कृषा चौलागाइको चलचित्र गरेपछि यसले खुबै चर्चा पायो । आखिर, रेखा कृषाले निर्माण गरेको चलचित्र ‘पलाँस’मा किन आकषिर्त भइन् भन्ने चर्चा भयो ।

रेखाले यो चलचित्रको कथावस्तु आफूलाई अत्यन्त मन परेकाले काम गरेको बताएकी थिइन् । जेठको पहिलो साताबाट सुरु भएको चलचित्र ‘पलाँस’को छायांकन सकिएको छ । ३२ दिन लगाएर चलचित्रको छायांकन गरिएको निर्मात्री चौलागाइले जानकारी दिएकी छिन् ।

कृषाले भनिन्-‘नायिका रेखा थापालाई दर्शकले नयाँ अवतारमा देख्नुहुनेछ । ‘पलाँस’मा जस्तो भूमिका अहिलेसम्म रेखाले गरेकी छैनन् । हामी चाडै नै फस्टलुक मार्फत यो कुरा सार्वजनिक गर्नेछौ ।’
rekha in palas 1
यो चलचित्रमा रेखा थापाको साथमा कामेश्वर चौरासिया, अयुब केसी मुख्य भूमिकामा छन् । नारीप्रधान चलचित्रमा काम गर्दै आएकी रेखाले यो चलचित्रमा पनि नारीकै कथामा अभिनय गरेको वुझिएको छ ।

सुवास कोइरालाले निर्देशन गरेको चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन पोख्रेलको संगीत छ । रेखा र कामेश्वर एकसाथ पर्दामा देखिन लागेकाले पनि दर्शकका लागि यो चलचित्र उत्सुकता र कौतुहलतामा छ ।

निर्मात्री चौलागाई भन्छिन्-‘रेखा थापाका फ्यानका लागि त यो चलचित्र सरप्राइज नै हुनेछ । अन्य दर्शकका लागि पनि चलचित्र रमाइलो र विशेष हुनेमा आशावादी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment