+
+
Shares

नेपाललाई फेरी कालोसूचीमा राख्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १२ गते ६:४४

१२ असार, काठमाडौं ।  सम्पत्ति शुद्धीकरणविरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्ने वा सहयोग रोक्का गर्नेसम्मको चेतावनी दिएको छ ।

world-bank-logoयसअघि आवश्यक कानुन नबनाएको भन्दै यस्तौ चेतावनी दिएका अन्तर्राष्ट्रिय मुद्रा कोषले ,बिश्व बैंक र अन्य निकायले यसपटक भने मनी ट्रान्सफर कम्पनीमार्फत सम्पत्ति शुद्धीकरण भएको र त्यसलाई रोक्न प्रभावकारी कदम नचालको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

केही अघि आएको अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैकको मिसनले यस्तो चेतवनी दिएको राष्ट्र बैंकको उच्च स्रोतले जानकारी दिएको आजको राजधानी दैनिकमा समाचार छ ।

यस्तै फइनान्सियल एक्सन टाक्स फोर्स अन्गर्ततको एसिया प्यासिफिक ग्रुप अफ एन्टी मनी लाउन्डरिङले पनि नेपाल सरकारका उच्च अधिकारीलाई भेटेर यस्तै चेतावनी दिएको स्रोतले जानकारी दियो ।

बैकिङ प्रणलीमार्फत हुने मनी ट्रान्सफरमा समस्या नभए पनिमनी ट्रान्सफर कम्पनीको नियम र अनुगमन प्रणाली कमजोर हुँदा यस्तो समस्या आएको आरोप लगाइएको छ ।

तरल राजनीतिक अवस्थाका कारण सरकार कमजोर भएको र चाहरेर पनि कारबाह गिर्न नसकेको गुनासो मिसन अधिकारीहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?