Comments Add Comment

अल्भारो मोराटा भर्सेस इटालीयन ‘बिबिसी’

Morata

इटालीका कप्तान तथा गोलकिपर जियानलुइगी बुफोन युरोकप अन्तर्गत सोमबार इटालीबिरुद्ध हुने पहिलो नकआउट चरणको पहिलो खेलमा स्पेनलाई हराउने अपेक्षा राख्छन् । जहाँ उनी युभेन्टसका पूर्व टिममेट अल्भारो मोराटाको सामना गर्नेछन् ।

इटालीयन क्लव युभेन्टसमा दुई उत्कृष्ट सिजन गुजारेर २३ बर्षीय स्पेनिस स्ट्राइकर मोराटा पुनः रियल मडि्रड फर्किएका छन् । उनले दुई बर्षअघि च्याम्पियन्स लिगको फाइनलमा युभेन्टसका लागि गोल गरेका थिए ।

मोराटाले वेल्स स्ट्राइकर ग्यारेथ बेलसँगै प्रतियोगितामा अहिलेसम्म सर्बाधिक ३ गोल गरेका छन् । स्पेनलाई क्वाटरफाइनलमा पुर्‍याउन र प्रतियोगितामा आफ्नो गोलसङ्ख्या बढाउन उनले विश्वउत्कृष्ट इटालीयन डिफेन्सलाई चिर्नुपर्नेछ । जसलाई ‘बिबिसी’को नामबाट चिनिन्छ । उनीहरु हुन् आन्द्रे ‘बार्जाग्ली’, लियोनार्दो ‘बोनुक्की’ र जर्जियो ‘चेलिनी’ ।

मोराटा यी तीनै डिफेण्डरलाई राम्रोसँग चिन्छन् । युभेन्टसले पछिल्लो पाँच सिजनको उपाधिको श्रेय यीनै डिफेण्डरमा जान्छ । यी तीनजनाले विपक्षीलाई युभेन्टसविरुद्ध प्रति सिजन २५ भन्दा थोरै गोल गर्ने अवसर दिएका छन् ।

मोराटाले खेलअघिको पत्रकार सम्मेलनमा भनेका छन् कि- ‘पछिल्लो २ बर्षमा मैले मेरो करिअरमा थुपै्र सिक्ने मौका पाएको छु । इटलीबिरुद्ध गोल गर्न निकै ठूलो चुनौति हुनेछ किनभने यी तीन खेलाडी रक्षाक्षेत्रका विशेषज्ञ हुन् । तपाईंलाई एउटा मौका आउँछ र त्यसमा तपाईले गोल गर्न सक्नुपर्छ, जवकि स्पेनमा तपाईंले थुपै्र मौकाहरु प्ाउनुहुनेछ ।’

निक्कै उत्कृष्ट लयमा रहेका स्ट्राइकर मोराटाबारे सबैकुरा इटालीयन खेलाडीलाई पनि थाहा छ । उनीहरुले युभेन्टसमा रहँदा मोराटाको खेलस्तर हेरेका छन् । ‘बुफोन अर्कोतर्फ खडा छन्, उनी इकर कासियासजस्तै विश्व फुटबलका लिजेन्ट खेलाडी हुन् ।’ मोराटाले भने, ‘”बिबिसी” विश्वका उत्कृष्ट डिफेण्डरको समूह हो । जुनसुकै टोलीपनि यिनीहरुबिरुद्ध खेल्न हिच्किचाउँछन् । यिनीहरुबिरुद्ध गोल गर्नु भनेको लगभग असंभव कुरा हो ।’

इटलीका मुख्य डिफेण्डर जर्जियो चेलिनीले पनि पूर्व टिममेटको प्रशंसा गर्दै युभेन्टसबाट उनलाई गुमाउनु परेकोमा पछुतो लागेको बताए । ‘अल्भारो एउटा बिशेष खेलाडी हो जसले युभेन्टस छोडेकोमा मलाई दुःख लागेको छ । म अपेक्षा गर्छु की उसले रियलमा पनि राम्रो खेलोस र उ स्पेनका नम्बर ९ पोजिसनका खेलाडी बन्न योग्य छन् ।’ उनले थपे, ‘मोराटा मेरो बिचारमा आगामी १० बर्षसम्म रियल र स्पेनिस राष्ट्रिय टोलीमा फर्वार्डको पोजिसनबाट खेल्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment