Comments Add Comment

नक्कली वकिल खोज्दै बार काउन्सिल

law,-court-&-justice१३ असार, काठमाडौं । विभिन्न सेवाग्राही क्षेत्रमा नक्कली प्रमाणपत्रको बिगबिगी भइरहेको अवस्थामा संविधान र कानुनको व्याख्या गर्नका लागि सहयोग पुर्‍याउने कानुन व्यववसायीहरुको पनि प्रमाणपत्र छानविन गर्ने नेपाल बार काउन्सिलले निर्णय गरेको छ ।

महान्यायाधिवक्ता हरि फुयाँलको अध्यक्षतामा केही दिनअघि बसेको बार काउन्सिलको बैठकले सम्पूर्ण कानुन व्यवसायीहरुको प्रमाणपत्र छानविन गर्ने निर्णय गरेको सम्बद्ध स्रोतले बताएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

बार काउन्सिलले सम्पूर्ण कानुन व्यवसायीहरुको एसएलसीदेखिकै प्रमाणपत्र छानविन गर्न लागेको हो ।

त्यसका लागि आफ्नो-आफ्नो सदस्यको प्रमाणपत्र जम्मा गरी पठाउन बार काउन्सिलले अनुरोध गर्ने भएको छ । मुलुकभर करिब २ हजार जति वरिष्ठ अधिवक्ता रहेका छन् । त्यस्तै लगभग १५ हजारको संख्यामा अधिवक्ताहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment