+
+

चिर्पट प्रहार गरी आमाको हत्या

रासस रासस
२०७३ असार १३ गते १०:११

१३ असार, झापा । घरायसी झगडा हुँदा झापा, पृथ्वीनगरमा आज बिहान ३ बजेतिर छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

dead
फाइफ फोटो

पृथ्वीनगर गाविस–२ बस्ने देशु भनिने २४ वर्षीय देशराज तामाङले ४५ वर्षीया आमा तारादेवीको चिपर्ट प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चिपर्टले टाउकोमा प्रहार गर्दा घटनास्थलमानै आमा तारादेवीको ज्यान गएको थियो ।

हत्यामा संलग्न देशराजलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको झापाका प्रहरी प्रवक्ता डिएसपी हरिराज शर्माले जानकारी दिए । घटनाका सम्बन्धमा देशराजले आमाको रिसइवीका कारण मारेको स्वीकारेका प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?