Comments Add Comment

चोरी रोक्न ट्यांकरमा ताला जोडिँदै, आइओसीले लगाएको निगमले मात्र खोल्न सक्ने

oil tanker
१३ असार, काठमाडौं । नेपाल आयल निगमले तेल बोक्ने ट्यांकरमा लगाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । पेट्रोलियम पदार्थको चोरी नियन्त्रण गर्न निगमले गठन गरेको कार्यदलले प्राविधिक अध्ययनसहितको प्रतिवेदन बुझाएपछि लकिङ सिस्टम जडानका लागि अन्तिम तयारी सुरु भएको हो ।

आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)ले प्रयोग गरिरहेको लकिङ सिस्टमबारे अध्ययन गरेर त्यसलाई नेपालमा पनि लागू गर्ने तयारी गरेको हो । लकिङ सिस्टम जडान गर्न व्यवसायी र आइओसी सहमत भइसकेका छन् । यसपछि अहिलको सिलिङ सिस्टम विस्थापित हुनेछ ।

कस्ताे हुन्छ ताला

यो सिस्टम लागू भएपछि भारतीय आयल कर्पोरशेनले तेल भरेपछि ट्यांकरमा ताल्चा लगाइदिनेछ । त्यो ताल्चा एकैपटक नेपालस्थित आयल निगमका डिपोहरुले मात्रै खोल्न सक्ने प्रवक्ता मुकन्द घिमिरेले बताए ।

‘अब जोडिने ताल्चा कुनै डुप्लिकेट चावीबाट खोल्न सकिँदैन’  घिमिरे भन्छन्-आइओसी र हामीसँग मात्रै चावी हुने भएकाले अहिले जस्तो तेल चोर्ने समस्या हटेर जानेछ ।’

अहिले ट्यांकरमा तेल भरेपछि सामान्य प्रकारको सील मात्रै लगाइनछ । त्सै कारण सील तोडेर ट्यांकर तेल झिक्ने र टेक्निकल लसका रुपमा देखाइदिने प्रचलन समान्य जस्तै छ ।

‘आईओसीको लकिङ सिस्टम अन्तर्राष्ट्रिय स्तरको छ । त्यसैमा आधारित भएर डिजाइन तयार गरेका छौं,’ प्रवक्ता मुकन्द घिमिरेले भने-‘अब यसको जडानको लागि  फेब्रिकेशनको कामबारे अन्तिमपटक भारतीय कम्पनीसँग परामर्श रोर काम अघि बढ्छ ।’

टाेली भारत जाने

ट्यांकरमा जडान हुने लकिङ सिस्टम जडानको लागि आवश्यक पूर्वाधारबारे प्राविधिक छलफल गर्न  आयल निगमको एक टोली एक साताभित्रै भारत जाँदैछ ।

निगमका निमित्त कार्यकायरी निर्देशक सुशिल भट्टराइको नेतृत्वका जाने टोलीले ट्यांकरमा लकिङ जडान गर्न फेब्रिकेटर सम्पनीसँग परामर्श र समझौता गर्नेछ । ट्याकंरमा लकिङ सिस्टम जोड्न रडसहित विभिन्न पूर्वाधार थप्नुपर्ने देखिएको छ ।

परम्परागत लकिङ सिस्टम सजिलै तोडेर तेल चोर्न सकिने भएपछि निगमले आधुनिक प्रविधि प्रयोग गर्ने भनेको लामो समय भइसकेको छ । प्रविधियुक्त लकिङ सिस्टम प्रयोग गर्न ढिलाई गरेपछि आपूर्ति मन्त्रालयले निगमलाई पटक-पटक सिस्टम छिटो प्रयोग गर्न निर्देशन दिएको थियो ।

तर, नयाँ सिस्टम कहिलेदेखि लागू गर्ने भन्ने विषयमा निगम अझै अनिणिर्त छ । प्रवक्ता घिमिरे भन्छन्, ‘तयारी सबै सकिएका छैनन्, जतिसक्दो छिटो लागू गर्ने योजना छ ।’

चोरी रोकिने दावी

निगमका कर्मचारी, चालक तथा व्यवसायीको मिलेमतोमा बीच बाटोबाटै तेल चोरी हुने गरेको तथ्य बाहिर आएपछि स्वचालित लकिङ प्रणाली लागू गर्न लागिएको हो ।

प्राविधिक समितिले गरेको सिफरिसका आधारमा परम्परागत कमजोर सिलिङ प्रणाली विस्थापित गर्न लागिएको छ । आधुनिक प्रविधिमा आधारित लकिङ सिस्टम जडान गर्न निगम आफैंले लगानी गर्नेछ ।

मेकानिकल खर्च भने ट्यांकर धनीले नै गर्नुपर्ने निगमले जनाएको छ । निगमले अहिले १५ सय ५३ वटा ट्याङकर मार्फत पेट्रोलियम पदार्थको आयात गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment