Comments Add Comment

अल्भारो मोराटा भर्सेस ग्राजियानो पेल्ले

players (8)

अल्भारो मोराटा

यहाँसम्म कि स्पेनिस टोली प्राय समय बल आफ्नै खुट्टामा राखिराख्न आनन्द मान्छ । इटलीका अनुशासित डिफेण्डरको टोलीलाई छक्याउँदै गोलको अवसर सृजना गर्न कठिन त अवश्य हुनेछ । पाएका दुर्भल अवसरलाई सही उपयोग गर्न स्पेनका लागि स्ट्राइकर अल्भारो मोराटा एक उत्तम बिकल्प हुन् ।

इटालीयन क्लव युभेण्टसबाट भर्खरै रियल मडि्रड फर्किएका मोराटा यस प्रतियोगितामा उच्च गोलकर्ता हुन् र उनी बर्तमान क्लवलाई सन्देस दिन चाहन्छन् । बलको गतिशीलता जाँचन सक्ने र गोलका भोका उनीले समूह चरणमा आफुलाई प्रमाणित गरिसकेका छन् । स्पेनले एक उत्कृष्ट स्ट्राइकर पाएको छ ।

ग्राजियानो पेल्ले

इंग्लिस क्लव साउथहृयाम्टनका स्टार खेलाडी पेल्लेबाट स्पेन सतर्क रहनु जरुरी हुनेछ । भलै उनी यस प्रतियोगितामा एक प्रभावकारी स्ट्राइकर भन्न सकेका छैनन् । तर उनी मिडफिल्डमा रहेर बल नियन्त्रणमा राख्न र स्ट्राइकरलाई गोलका लागि बल उपलब्ध गराउने क्षमता भने उनको दर्शनीय देखिन्छ ।

मध्यक्षेत्रमा रहेर विपक्षी डिफेण्डरलाई अल्मल्याउन र विपक्षीको गल्तिलाई सदुपयोग गरी गोल गर्न माहिर उनी स्पेनबिरुद्ध प्रभावकारी बन्न सक्छन् । स्पेनका लागि मोराटा वास्तवमै अदभुद खेलाडी हुन् जसले इटालीयन फुटबलको ब्राण्डबारे राम्ररी बुझेका छन् । तर इटालीयन मिडियाले इनिएष्टासँग सबैभन्दा धेरै डराउनुपर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment