Comments Add Comment

संसद बैठक सूचना टाँसेर स्थगित

१४ असार, काठमाडौं । सत्तारुढ र प्रतिपक्षी दलको सहमति प्रयास लम्बिएपछि व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

Samsadप्रमुख प्रतिपक्षी दल कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि चार दलले वार्ता थालेका थिए । कार्यदल स्तरमा सहमति हुन नसकेपछि अहिले शीर्ष स्तरमै वार्ता भइरहेको छ ।

वार्ताका लागि ३ बजेको बैठक साढे ५ बजेका लागि सारिएको थियो । तर, वार्ता लम्बिएपछि संसद बैठक सूचना टाँसेर भोलि विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

कांग्रेसले भूकम्प प्रभावितहरुलाई एक मुष्ट २ लाख रुपैयाँ दिनु पर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment