+
+
Shares

बलिउड मै सन्तुष्ट रहेको भन्दै करिनाले भनिन्-‘म प्रियंका जस्ती लोभी छैन’

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १५ गते ११:१५

priyanka and kareena
बलिउड नायिका करिना कपुरले अर्की नायिका प्रियंका चोपडालाई लोभी भनेर टिप्पणी गरेकी छिन् । ‘क्वान्टिको’ स्टार बन्ने चाहना कहिल्यै नराखेको भन्दै करिनाले भनिन्-‘मलाई मुम्बईले पुरै सन्तुष्टि दिएको छ, म प्रियंका जस्तो लोभी छैन ।’

फेशन एवं जीवनशैलीसँग जोडिएको एक म्यागेजिनको आवरणमा देखिएकी करिनाले अन्र्तवार्ताका क्रममा भनेकि छिन्-‘मलाई दुनियाँ जित्नु छैन, यहि ठिक छु ।’

एक कामकाजी र बिबाहित महिला भएर जीवन जिउने चाहना भएको भन्दै करिनाले श्रीमान् र घर परिवारलाई समेत समय दिने भएकाले आफुलाई यसैमा रमाइलो भएको प्रतिक्रिया दिइन् ।

उनले अरु कलाकारको तुलनामा आफ्नो प्राथमिकता फरक रहेको भन्दै अब परिवारको देखभाल गरेर समय बिनाउने बताइन् । करिना ३५ वर्षकी भइन् भने पि्रयंका करिना भन्दा दुई वर्ष कम उमेरकी छिन् । अहिले प्रियंकाको चर्चा अन्तरराष्ट्रिय स्तरमा हुने गरेको छ तर,  करिना बलिउडमै सिमित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?