Comments Add Comment

मिथिला नगरपालिकाको विकास योजनाको अनुगमन

anugaman_janakpur2१७ असार , जनकपुरधाम । मिथिला नगरपालिका ढल्केवरले चालू आर्थिक वर्षमा गरेका विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन सुरु गरेको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत उदयप्रसाद देवकोटाको नेतृत्वमा नगरस्थित राजनीतिक दल, गैरसरकारी संघसंस्था, संचारकर्मी र सरोकारवाला निकाय सम्मिलित टोलीले नगरभित्र सञ्चालित योजनाको अनुगमन सुरु गरेको हो ।

नगरपालिकाको पश्चिमि क्षेत्र बेंगाडाबरबाट सुरु गरिएको अनुगमनको पहिलो दिन बडहरी, कुसुमविसौना, जमुनिवास,लालगढ लगायतमा क्षेत्रमा सञ्चालित योजनाहरुको स्थलगत अनुगमन अवलोकन गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा सञ्चालन गरेको योजनाहरुको निर्माण अवस्था र त्यसको  उपलब्धी सम्बन्धमा जानकारी लिन र बुझने उद्देश्यले योजनाहरुको अनुगमन गरिएको नगरपालिकाका कार्यकारी अधिकृत देवकोटाले जानकारी दिए ।

anugaman_janakpurअनुगमनको क्रममा स्थानीय उपभोक्ता समितिले गरेको कामको अध्ययन र छलफल गरिएको नगरपालिकाका लेखा अधिकृत रामपरिक्षण पण्डितले जानकारी दिए । गुणस्तरीय काम भएको छ छैन भने स्थलगतरुपमै निर्देशन पनि दिने गरेको पण्डितले बताए । अनुगमनबाट योजनाहरुको अपारदर्शिताको अन्त्य हुन्छ, उनले भने ।

सडक लगायतका पूर्वाधार निर्माण भएका प्रतिवेदन पेश गरेर उपभोक्ता समिति र प्राविधिकले पैसा खाने प्रवृतको अन्त्यका लागि अनुगमन उपयोगी भएको नेपाली कांग्रेसका नेता जोगेन्द्र महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment