Comments Add Comment

सुशासन समितिको बैठक कोरम नपुगेर स्थगित

१७ असार, काठमाडौं । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठक कोरम नपुगेर स्थगित भएको भएको छ ।

पूर्वविशिष्ट पदाधिकारीहरुको सुरक्षा र सुविधा सम्बन्धमा छलफलका लागि शुक्रबार विहान सिंहदरबारमा बैठक बोलाइएको थियो ।

विहान साढे आठ बजे बोलाइएको बैठकमा ५१ सदस्यीय समितिका जम्मा १२ सदस्य मात्र उपस्थित भएका थिए । सभापति मोहनसिंह राठौरले कोरम पुर्‍याएर बैठक सञ्चालनका लागि केहिबेर कुरेका थिए ।

तर नौ बज्दासम्म पनि सांसदहरुको संख्या नथपिएपछि सभापति राठौरले आगामी २६ गते बस्ने गरी बैठक स्थगित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment