+
+
Shares

तरकारीमा विषादिः अब राजधानी बाहिर ५ शहरमा परीक्षण हुने

मोफसलमा पहिलोपटक विषादि परीक्षण प्रयोगशाला खुल्दै

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १८ गते १०:०६

pestisite १८ असार, काठमाडौं । तरकारीको उत्पादन गर्दा प्रयोग हुने किटनाशक विषादिको परीक्षण गर्न अब उपत्यका बाहिर पनि पाँच स्थानमा प्रयोगशाला स्थापना हुने भएको छ ।

सरकारले गतवर्ष नै उपत्यका बाहिर विषादि परीक्षण प्रयोगशाला स्थापना गर्ने बताए पनि आगामी साउनदेखि पाँच मुख्य शहरमा प्रयोगशाला सञ्चालनमा आउने भएको हो ।

विषादि परीक्षणका लागि नेपालगञ्ज, बुटवल, पोखरा र नारायणगढमा प्रयोगशाला राख्ने तय भइसकेको छ । बाँकी एउटा प्रयोगशाला बिराटनगर वा बिर्तामोडमा राख्ने सरकारको तयारी छ ।

उपत्यकाको कालिमाटी बजारबाट सुरु गरिएको विषादि परीक्षण कार्यक्रम प्रभावकारी भएपछि बाहिरी बजारमा विस्तार गर्न लागिएको कृषि विभागअन्तरगतको बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले कालीमाटीमा स्थापना गरिएको विषादि परीक्षण प्रयोगले उपभोक्तालाई विषाक्त तरकारी तथा फलफूलको प्रयोग गर्नु नपरेकाले बाहिरी बजारमा पनि विस्तार गर्न लागिएको बताए ।

कृषि मन्त्रालय अन्तरगतको कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले प्रयोगशालाका लागि आवश्यक सामग्री र उपकरण खरिद गर्न टेण्डर आह्वान गरिसकेको छ । तरकारीको परीक्षण गर्न प्रयोगशाला स्थापना गर्न निर्देशनालयले २० जना कर्मचारीलाई तालिम दिएर तयारी अवस्थमा राखेको छ ।

‘आवश्यक मेसिन र उपकरण आउनासाथ ढिला नगरी प्रयोगशाला स्थापना हुन्छ’ निर्देशक शर्माले भने- ‘हामीले लक्ष्यअनुरुप गतवर्ष नै प्रयोगशाला स्थापनजा गर्नुपर्ने थियो । तर, ढिलै भए पनि साउन महिनामा उपत्यका बाहिर पनि तरकारी परीक्षणको काम सुरु हुनेछ ।’

परीक्षण सुसरु भएपछि उपत्यकामा भित्रिने तरकारीमा विषादिको मात्रा क्रमिक रूपमा घट्दै गएको निर्देशनालयको दावी छ ।
‘किसानमा चेतनाको स्तर बढ्दै गएकाले कालीमाटीमा भित्रिने तरकारीमा विषादीको मात्रा एकदमै कम छ,’ कार्यक्रम निर्देशक शर्माले भने, ‘हामी दैनिक रुपमा तरकारीमा परीक्षण गरिरहेका छौं, अब सबै शहरी क्षेत्रका बासिन्दालाई पनि यो यो सुविधा दिन अत्यावश्यक भइसकेको छ ।’

Bisadhiबजारमा विषादि राखिएको तरकारी विस्थापित गर्न सबै शहरी क्षेत्रमा यस्ता प्रयोगशाला स्थापना गर्ने सरकारकको लक्ष्य छ ।

पहिले-पहिले कालीमाटीमा भित्रिने तरकारीमा पनि विषादि मात्रा कम थिएन,’ उनले भने, ‘परीक्षणमा अयोग्य ठहरिएका तरकारी नष्ट गर्न थालेपछि सुधार हुँदै आएको छ ।’

निर्देशनालयले कालीमाटी बजारमा दैनिक रुपमा तरकारीका नमुना परीक्षण गरी विषादी फेला परे तत्काल नष्ट गर्दै आएको छ ।

विषक्त तरकारी उपभोग गर्दा मानव स्वास्थ्यमा विभिन्न घातक रोगको खतरा उच्च हुन्छ । व्यावसायिक रूपमा तरकारीखेती गर्ने तर, अत्याधिक किटनाशक औधधि प्रयोग गर्ने गरेको पाइएपछि सरकारले प्रयोगशाला स्थापनाको नीति लिएको थियो । अहिले पनि बेमौसमी तरकारीमा विषादीको प्रयोग धेरै हुने गरेको भेटिएको छ ।

किसानमा सचेतना बढ्दै गएपछि पछिल्लो समयमा विषादीको प्रयोग घटेको निर्देशनालयका निर्देशक शर्मा बताउँछन् । भारतबाट आउने तरकारीमा पनि विषादीको उच्च प्रयोग हुने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?