Comments Add Comment

अन्तिम संस्कारका दुइ विचित्र परम्परा

दुनियामा कतिपय यस्ता अनौठो परम्पराहरु छन् जसका बारेमा सुन्दैमा जिउ सिरिंग हुन्छ । मान्छे मरिसकेपछि गरिने अन्तिम संस्कारका परम्पराहरु क्तिपय यस्ता छन् की विश्वासै गर्न गाह्रो हुन्छ । कही मान्छेको लासलाई खुल्ला ठाउँमा फ्याँकिन्छ भने कतै लासलाई काटेर गिद्धलाई खुवाइन्छ ।

top-5-weird-rituals-नेपालको हिमाली क्षेत्रमा बस्ने डोल्पो जातिका साथै तिब्बत, चीनको किंघाइ तथा मंगोलियामा समेत कतिपय समुदायले मानिस मरिसकेपछि उसको लासलाई काटेर खुल्ला चौरमा राखि गिद्धलाई खुवाउँछन् । लासलाई काटेर गिद्धलाई खुवाउने बेला सबै आफन्त भेला भएका हुन्छन् । बज्रायन बौद्ध धर्मावलम्बीहरुमा यस्तो परम्परा हुन्छ । यसबाट मानिसको देह आत्मामा परिणत हुने विश्वास गरिन्छ ।

इण्डोनेसियामा एउटा यस्तो आदिवासी सम्प्रदाय छ जसको मृत्युसंस्कार पनि अनौठो छ । मानिस मरिसकेपछि उक्त सम्प्रदायमा लासलाई मानिसहरुले आफैसँग राख्दछन् । जिउँदो मानिस सरह नै खाना खुवाइदिन्छन् ।

top-5-weird-rituals-5 इण्डोनेसियाको टोराजा सम्प्रदायमा यस्तो परम्परा रहेकेा छ । यो समुदायले मृत्युपछि पनि जिवन हुन्छ भन्ने विश्वास गर्दछ । मरेका मानिसहरुलाई पनि जिउँदो सरह व्यवहार गरिन्छ । मरेका मानिसहरुलाई बेला बेलामा चिहानबाट निकालेर खाना खुवाइन्छ र आफुसँगै राखिन्छ पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment