Comments Add Comment

नेपालीको सहभागितामा मलेसियामा फुटवल प्रतियोगिता

himalayaमलेसियामा विदाको अवसर पारेर हिमालयन क्वलले फुटवल प्रतियोगता आयोजना गरेको छ ।

हरिरायको अवसर पारेर जुलाई छ सात र आठमा शाहआलममा रहेको पानासोनिक स्टेडिएममा खेल हुन लागेको हो ।

प्रतियोगिताको लागि २६ वटा समुहले सहभागिताको लागि जानकारी गराइ सकेको र कम्तीमा ४० वटा समुहले भाग लिने अपेक्षा गरिएको शनिवार क्वालालम्पुर पत्रकार भेटघाट गरी जानकारी गराईयो ।

करीव एक लाख रिगेट वरावरको खर्चको अनुमान गरिएको क्वलका अध्यक्ष सन्तोष कार्किले जानकारी गराए । उनले भने हामिले नाफा घाटाको लागि खेल खेलाएका छैनौ,यदि नाफा भयो भने त्यो पैसा सामाजिक काममा लगाउने छौ ।

प्रतियोगितामा सहभागिता जनाउन सोह्र सय एकाउन्न रिगेट दर्ता शुल्क राखिएको ।  मलेसियामा रहेका स्थानिय नेपालीहकोे समेत खेलमा सहभागि हुने संयोजक शिव सुवेदीले जानकारी गराए । हाम्रा पुर्खा नेपाली हो नेपालीहरुले यति राम्रो काम गर्दा सहभागि नहुने कुरै छैन भनेर सहभागिता जनाएका छन स्थानिय नेपालीहरुलाई उद्धृत गर्दे सुवेदीले भने ।

प्रतियोगितामा प्रथम हुने समुहलाईपन्ध्र हजार रिगेट,कप,मेडल र प्रमाणपत्र द्धितिय नौ हजार रिगेटमेडल र प्रमाणपत्र तथा तृतिय हुनेलाई तीन हजार रिगेट,मेडल र प्रमाणपत्र दिने पत्रकार भेटघाटमा जानकारी गराईयो । यसैगरी वेस्ट प्लेयर,वेष्ट गोलकिपर,हाईस्कोर गोल गर्ने लाई समेत पुरस्कृत गरिने छ ।

टाढावाट आउने खेलाडिहरुलाई वस्नको लागि होटलको ब्यवस्था तथा खेलहेर्न आउनेहरुको लागि केहि यातायातको समेत ब्यवस्था गरिएको जानकारी गराईयो । खेले मान्यता प्राप्त स्थानिय आठ जना रेफ्रीहरुले खेलाउने तथा सुरक्षा ब्यवस्था समेत निकै राम्रेा तरिकाले गरिएको आयोजकहरुले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment