Comments Add Comment

द्वन्द्वकालमा विस्थापित सडक कार्यालय अझै पुनःस्थापित भएन

कर्मचारी भन्छन्- मन्त्रालयले सर्न भन्यो तर स्थानीयले रोके

Division-Sadak-Shibapur-Kapilbastu

२० असार, कपिलवस्तु । द्वन्द्वकालमा विस्थापित भएको कपिलवस्तुको शिवपुरस्थित डिभिजन सडक कार्यालय अझै पुनःस्थापन हुन सकेको छैन । तालुकदार मन्त्रालयले कार्यालयलाई साविककै स्थानमा पुनःस्थापन गर्न निर्देशन दिए पनि अटेर गरिएको छ ।

नेपालमा शान्ति स्थापना भएको एक दशक वित्दासमेत शिवपुरस्थित सडक डिभिजन कार्यालय बेवारिसे भएको छ र करौडौंको भौतिक संरचना जीर्ण बनेका छन् ।

कागजमा शिवपुर लेखिए पनि काम अन्तैबाट

डिभिजन सडक कार्यालय शिवपुरले हालसम्म जिल्लाको गोरुसिंगेमा रहेको साइड कार्यालयवाट सेवा प्रदान गर्दै आइरहेको छ । कागजपत्रमा शिवपुर लेखिए पनि काम भने गोरुसिंगेबाट भैरहेको छ । यसले कार्यालयको वैधानिकतामा समेत प्रश्न उठाएको स्थानीय बताउँछन् ।

तत्कालीन विद्रोही नेकपा माओवादीले ०५८ सालमा पश्चिमाञ्चल डिभिजन सडक कार्यालय शिवपुरमा आक्रमण गरेका थिए । अक्रमणबाट खासै क्षति नभए पनि असुरक्षाको कारण देखाउँदै गोरुसिंगेस्थित सेनाको क्याम्प नजिक कार्यालय सारिएको थियो ।

शिवपुरवासीहरुले पटक-पटक कार्यालयलाई शिवपुरमै पुनःस्थापन गर्न माग गर्दासमेत कुनै सुनुवाई नभएको स्थानीय भवनराज पौडेलले बताए । ‘जिल्लादेखि केन्द्रसम्म पटक-पटक धाउँदासमेत कसैले पनि पुनःस्थापनको ठोस पहल भएन,’ पौडेलले भने ।

‘गोरुसिंगेबासीको अवरोधले समस्या’

यता पश्चिमाञ्चल सडक डिभिजन कार्यालय पाँच नम्बरका इन्जिजियर विरेन्द्र कुँवरका अनुसार गोरुसिंगेबासीको अवरोधका करण कार्यालय सार्न कठिनाई भैरहेको छ । उनले भने, ‘मन्त्रालयबाट कार्यालयलाई गोरुसिंगेबाट शिवपुर सार्न आदेश आइसकेको छ तर ल्याउन दिइएको छैन ।’

उनले गोरुसिंगेमा बसेर कार्यालय सञ्चालन गर्न कठिनाई भैरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment