Comments Add Comment

सुरक्षा परिषद सम्बन्धी विधेयक संसदमा पेश

२० असार, काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी विधेयक व्यवस्थापिका संसदमा पेश गरेको छ । सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री भिम रावलले संसदको सोमबार बसेको बैठकमा विधेयक पेश गरेका हुन् ।

CA-Buildingसंविधानमा भएको व्यवस्था कार्यान्वयन गर्ने गरी विधेयक तयार पारिएको रक्षामन्त्री रावलले बताए ।

राष्ट्रिय सुरक्षा परिषदको काम कर्तव्य र अधिकार स्पष्ट पार्न तथा सबै सुरक्षा निकायलाई राष्ट्रिय सुरक्षा, मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता, सीमा सुरक्षा लगायतका काममा समन्वयात्मक ढंगले काम गर्ने आधार अब तयार हुने उनले विश्वास व्यक्त गरे ।

संविधानमा प्रधानमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय सुरक्षा परिषदमा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने तथा परिषद सम्बन्धी व्यवस्था संघीय कानून बमोजिम हुने उल्लेख छ ।

अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक पनि पेश

संसदमा अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक पनि पेश भएको छ । उपप्रधानमन्त्री एवं महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले विधेयक पेश गरेका हुन् ।

ती दुवै विधेयक पेश गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका सांसदले राखेको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment