+
+
Shares

सरकार परिवर्तनले कांग्रेस खुसी, एमाले दुःखी हुनुपर्दैनः प्रचण्ड

'माओवादीको नेतृत्वमा राष्ट्रिय सहमति भए पनि तयार छौं'

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २० गते १९:४१

Prachand,-Maoist-Center

२० असार, काभ्रे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति जसको नेतृत्वमा भए पनि आफ्नो पार्टीलाई मान्य भएको बताएका छन् । उनले माओवादीको नेतृत्वमा सहमति भए पनि आफूहरु तयार भएको प्रचण्डले बताए ।

जनयुद्धका सहिद रामेश्वर श्रेष्ठ र जनआन्दोलनका सहिद भीमसेनदास दाहालको स्मृतिमा उग्रचण्डी नाला वडानम्बर १ काभ्रेमा निर्माण सम्पन्न भएको सहिद गेटको सोमबार उदघाटन गर्दै प्रचण्डले भने, ‘माओवादी शान्तिप्रक्रियाको एक पक्ष पनि भएकाले माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ भने पनि हामी तयार छौं ।’

उनले सरकार परिवर्तनको विषयलाई लिएर कांग्रेस खुसी र एमाले दुःखी हुनु नपर्ने बताए । सरकार परिवर्तनको विषयलाई हल्का रुपमा नलिन एमालेलाई र माओवादी केन्द्रसँग मिलेर एमालेलाई देखाइदिने सोच त्याग्न कांग्रेसलाई उनले आग्रह गरे ।

सहमतिको निम्ति जसले त्याग गर्न तयार हुन्छ, नेपाली जनताले उसैलाई नै सम्मान गर्ने प्रचण्डले बताए । यदि सहमति भएन भने एजेण्डाको आधारमा सहमति कायम गरेर संविधान कार्यान्वयन, भूकम्प प्रभावितहरुलाई राहत, पुनर्निर्माण र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नेलगायतका चुनौति सामना गर्न सकिने प्रचण्डले बताए ।

आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन, भूकम्पपछिको पुनर्निर्माण, संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि राष्ट्रिय सहमतिको सरकार गठन हुनैपर्ने प्रचण्डको भनाइ थियो । उनले संविधान कार्यान्वयन नभए देश बर्बादीतर्फ जाने आशंका गरे ।

‘इतिहासको सच्चाई यो हो कि हामीले निकै जोखिमपूर्ण राजनीतिक यात्रा गरेका छौं । जोखिमपूर्ण राजनीतिक यात्राबाट निर्माण भएको संविधान कार्यान्वयन भएन भने देश बर्बादी तर्फ जाने चिन्ता छ ।’

प्रचुरमात्रामा प्राकृतिक स्रोत साधनलाई उपयोग गरी देशलाई तीव्र गतिमा समृद्धितर्फ लैजानुपर्ने प्रचण्डले धारणा राखे ।
कार्यक्रममा प्रचण्डले सहिदका परिवारजन, सहिद गेट निर्माण समिति तथा उपसमितिका पदाधिकारीलाई सम्मान समेत गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?