Comments Add Comment

वेल्स स्टार लेड्ली, जसले युरोकप खेल्न बिहे स्थगित गरे

joy-Ledly

जो लेड्ली युरोकप २०१६ मा वेल्सका स्टार हुन् । मैदानमा गर्ने प्रदर्शन मात्र होइन, जितपछि उनले देखाउने उल्लासपूर्ण नाचका कारण उनी चर्चामा छन् ।

अहिले फेरि उनी चर्चामा छन् । कारण हो वेल्सको खेलका लागि आफ्नो विवाह नै स्थगित गर्नु ।

पहिलो पटक युरो २०१६ को सेमिफाइनलमा पुगेको वेल्सले बुधबारमा पोर्चुगलको सामना गर्नेछ । र, पोर्चुगलसँगको खेलमा लागि उनले यसै साता हुने विवाह कार्यक्रम स्थगित गरेका हुन् ।

क्वाटरफाइनलमा बेल्जियमलाई स्तब्ध पारेको वेल्सले सेमिफाइनलमा पोर्चुगलको सामना गर्दैछ । आरोन राम्सेको अनुपस्थितिमा लेड्ली वेल्स टिमको मुख्य मिडफिल्डरको जिम्मेबारीमा रहनेछन् ।

वेल्सका सुपरस्टार ग्यारेथ बेलले पनि सबै कुराहरु भुलेर आफुहरु बुधबारको खेलको लागि तयारीमा रहेको बताएका छन् ।

यसअघि इंग्ल्याण्डले युरो टीममा बोलाएपछि जेमी भर्डीले पनि आफ्नो विवाह रोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment