Comments Add Comment

जर्मनीसँग बदला लिने जिरोडको चाहना

olliver-geroud

काठमाडौं । फ्रान्सका खेलाडीहरु सोमबारबाट ट्रेनिङ ग्राउण्डमा फर्किएका छन् । र, युरो २०१६ को सेमिफाइनलमा विश्व च्याम्पियन जर्मनीको सामना गर्ने तयारी गर्दैछन् ।

आयोजक फ्रान्सले आइसल्याण्डविरुद्ध ५-२ को शानदार जित हात पार्दै जर्मनीसँग भेट पक्का गरेको छ ।

र, खेल बिहीबार मार्सेलि मा हुनेछ । यो खेलमा फ्रान्सको वास्तविक परीक्षा हुनेछ ।

तर, आर्सनल स्टार ओलिभर जिरोड भने ब्राजिल विश्वकपमा व्यहोरेको हारको बदला लिन आफूहरु उत्साहित रहेको बताएका छन् ।

‘जर्मनीसँगको खेल आइसल्याण्डको भन्दा पूर्ण भिन्न हुनेछ । उनीहरु विश्व च्याम्पियन हो’ जिरोडले भने, ‘हामी विश्वकप (क्वार्टरफाइनलको हार)को बदला लिन चाहन्छौं । हामीले उनीहरुलाई मैत्रिपूर्ण खेल (नोभेम्बर) मा हरायौं । तर, यो फरक खेल हो ।’

उनले घरेलु दर्शकका अगाडि खेल्न पाउनु सुखद भएको बताए ।

जर्मनी र फ्रान्स दुबै उपाधिको प्रमुख दाबेदार हुन् । तर, दुई मध्ये एक टिम मात्र फाइनलमा पुग्नेछन् र वेल्स र पोर्चुगलको विजेतासँग उपाधिका लागि खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment