Comments Add Comment

तरकारी बजार हेर्न पुगेका मन्त्री पुनले भने- ‘रिंगटा लाग्यो’

यो तरकारी बजार हो कि डम्पिङ साइड ?

Tarkari Bazzar anugaman (11)

२१ असार, काठमाडौ । कालीमाटी तरकारी बजारको अनुगमनपछि सञ्चारकर्मीले सोधे- मन्त्रीज्यू तपाईको भान्छामा पाक्ने तरकारी यही हो । कस्तो लाग्यो ?

नाक खुम्च्याउँदै मन्त्रीले भने, ‘रिंगटा लाग्यो ।’

उनले थपेे, मान्छेको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने तरकारी यस्तोसँग राखिन्छ भन्ने मलाई लागेकै थिएन ।

मन्त्री गणेशमान पुन आपूर्ति विभागका कर्मचारी र केही सञ्चारकर्मी लिएर मंगलबार विहान कालीमाटी तरकारी बजार पुग्दा व्यापारीहरु ‘अनुगमन आयो’ भन्दै विषादि हालेका र कुहिन लागेका तरकारी भटाभट लुकाउँदै थिए । नाकै फुट्ने गरी गन्हाउने नालीले बजारको बाहिरी भाग टम्मै डुबेको थियो । भित्र तरकारी राखिएको ठाउँ कुहिएका तरकारीले थप दुर्गन्धित थियो ।

हिलोमाथि उफ्रँदै तरकारी बजारभित्र पुगेर मन्त्रीले भने, ‘छ्या कस्तो फोहोर बनाएर राखेको ? मान्छेले खाने कुरा हो, कम्तिमा सफा त राख्नुपर्‍यो नि ।’

Tarkari Bazzar anugaman (7)

व्यापारीहरुले मन्त्रीलाई जवाफ फर्काइहाले- ‘बिहान तरकारी केलाएर निस्केको फोहोर हो हजूर, सफा गरिहाल्छौँ । यस्तो फोहोर हुँदैन ।’

ठूला र सप्रिएको तरकारी उठाउँदै मन्त्री पुनले तरकारीमा विषादिको मात्रा जाँच गरेर रिर्पोट दिन कर्मचारीलाई निर्देशन दिए ।

एउटा र अर्को तरकारी पसलको वीचमा छुट्याइएको बाटोमा फोहोर थुपारिएको थियो । फोहोरले बाटो छेकेपछि मन्त्री पुनले पटक-पटक बाटो परिवर्तन गर्नुपर्‍यो ।

बजारभित्रै झट्ट हेर्दा ट्वाइलेटजस्तै देखिने कुनामा एउटी महिला तरकारी पखाल्दै थिइन् । मन्त्री पुन त्यतैतिर लागे, ‘के हो यो ?’

भित्ता र वरिपरिका संरचनामा कालो लिसो टाँसिएको थियो । ठुस्स गनाउने साँघुरो कुनो । कालीमाटी तरकारी बजार फोहोर थुपार्ने डम्पीङ्ग साइडजस्तै देखिन्थ्यो ।

करिब ४५ मिनेटको अनुगमनपछि मन्त्री पुन बजारलाई सफा राख्न निर्देशन दिँदै फर्किए । उनले सरकारी कर्मचारीहरुलाई निर्देशन दिँदै तरकारी बजारलाई सफा राख्न पटक-पटक निर्देशन दिए ।

कर्मचारीले मन्त्रीलाई टेरेनन्

Tarkari Bazzar anugaman (8)

मन्त्रीले अनुगमन गर्ने ठाउँ र विषय गोप्य राख्न भनेका थिए । तर अधिकृत तेजेन्द्र काफ्ले बिहानैदेखि कालीमाटी तरकारी बजार, बल्खु फलफूल बजार र बल्खु तरकारी बजारमा अनुगमनमा जान लागेको भनिरहेका थिए ।

त्यतिमात्र होइन, उनले भोलि र पर्सि विभागले कुन-कुन निकायको कहाँ-कहाँ अनुगमन गर्दैछ भन्ने समेत पूर्वसूचना दिन भ्याए । तरकारीमा महंगी बढेको, विषाक्त तरकारी बढेको र नापतौल बिगारेर उपभोक्तालाई ठग्ने काम बढेको गुनासो बढेपछि मन्त्री पुन मंगलबार अनुगमनमा निस्किएका थिए ।

तर, अनुगमनका क्रममा मन्त्री पुनले पटक-पटक ढक तराजु जाँच गर्न निर्देशन दिँदासमेत अधिकृत काफ्लेले ‘मान्छे आउँदैछ हजुर’ भन्दै नापतौल जाँच गरेनन् । कुनै पनि ढक तराजुको जाँच नगरिकनै कालीमाटीको अनुगमन सकियो ।

माछा पसलमा दुर्गन्ध

Tarkari Bazzar anugaman (17)

कालीमाटीभित्र रहेको माछा बजारमा पुग्दा नाक नसमाई बस्नै नसक्ने अवस्था थियो । नाक थुन्दै मन्त्री पुनले काफ्लेतर्फ फर्किएर सोधे- हिजो अस्ति अनुगमन गर्नुभएन ? के हो यस्तो ?

Tarkari Bazzar anugaman (22)

Tarkari Bazzar anugaman (31) Tarkari Bazzar anugaman (34)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment