+
+
Shares

अनुगमन टोलीलाई आक्रमण गर्ने तरकारी व्यापारीले माफी मागे

केहि पसलमा सिलबन्दी, कालिमाटी बजारमा एउटामामात्र कैफियत

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २१ गते १३:४२
Tarkari Bazzar anugaman (7)
कालीमाटी तरकारी बजार अनुगमन गर्दै आपूर्ति मन्त्री गणेशमान पुन

२१ असार, काठमाडौं । आपूर्ति मन्त्रालयको अनुगमन टोलीलाई आक्रमण गर्ने बल्खु तरकारी बजारका व्यापारीहरुले माफी मागेका छन् । अनुगमन टोलीले मापदण्ड विपरितका ढक, तराजु प्रयोग गर्ने तरकारी पसलहरुमा सिलबन्दी पनि गरेको छ ।

छड्के अनुगमन टोलीलाई बल्खुको थोक तथा तरकारी बजारका व्यापारीहरुले पानीको बोतलले आक्रमण गरेका थिए । तनावको स्थिति सिर्जना भएपछि उल्लेख्य संख्यामा प्रहरी टोली परिचालन गरिएको थियो ।

त्यसपछि भएको वार्तामा व्यापारीहरुले नापतौल बिभागबाट ढक तराजु प्रमाणित गराउन तीन दिनको समय माग गरेका थिए । अनुगमन टोलीले मापदण्ड पूरा नगरेका पसलहरुमा सिलबन्दी गरेको आपूर्ति मन्त्री गणेशमान पुनका स्वकीय सचिव अर्जुन पाठकले जानकारी दिए ।

कालिमाटीको तरकारी प्रयोगशालामा 

मन्त्री पुन बल्खुको फलफूल बजारमात्र अनुगमन गरी कालीमाटी तरकारी बजारको अनुगमनमा गएका थिए । अरु सरकारी अधिकारीहरुको टोली बल्खुको तरकारी बजार अनुगमनमा गएको थियो । उनीहरुमाथि व्यापारीहरुले आक्रमण गरेका थिए ।

मन्त्री पुनका अनुसार कालीमाटी तरकारी बजारमा एउटा तराजुमा मात्रै कैफियत भेटिएको छ र त्यसलाई जफत गरिएको छ ।

मन्त्री पुनले अनलाइनखबरसँग भने, ‘कालिमाटीमा फोहोर र व्यवस्थापनको अलि समस्या देखियो, नत्र अरु सामान्य नै छ । एउटामामात्र कैफियत देखिएकाले जफत गरेका छौं ।’

उनले तरकारीमा विषादीको मात्रा छ कि छैन भनेर केही नमूना संकलन गरी परीक्षण गर्न पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?