Comments Add Comment

फिल्म एकेडेमीमा पुगे निश्चल र ऋचा

nischal and richa
केही हप्ता अगाडि मात्र स्थापना भएको घोषणा गरिएको एभरेष्ट फिल्म एकेडेमिले स्थापनाको छोटो समयमा नै चलचित्रकर्मीहरुको राम्रो साथ पाएको छ । नेपाली चलचित्र क्षेत्रमा सक्रिय र दिग्गज चलचित्रकर्मीको टिमले स्थापना एकेडेमीले विद्यार्थीहरुसँग अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।

उक्त ओरेन्टेशन कार्यक्रममा निर्देशक निश्चल बस्नेत र नायिका ऋचा शर्माको उपस्थिति थियो । ओस्कार कलेजका विद्यार्थी निश्चलले एक राम्रो कामको थालनी भएको कारण यो कदममा साथ दिन विद्यार्थीमाझ आफू आएको बताए । यस्तै नायिका ऋचा शर्माले पढाई कहिल्यै नसकिने र सफल हुन पढ्नै पर्ने बिचार व्यक्त  गरिन् ।

एकेडेमिका अध्यक्ष  सुनिल थापा भने विद्यार्थीको जिज्ञासा मेट्नमा नै व्यस्त थिए । कार्यक्रममा एकेडेमीका निर्देशक उज्वल घिमिरे , सीइओ प्रकाश पुरी तथा अध्यापन गराउने चलचित्रकर्मीले कोर्ष तथा सिकाइ शैलीको बारेमा जानकारी गराएका थिए । एभरेष्ट फिल्म एकेडेमीमा श्रावण १ गते बाट नियमित कक्षा सन्चालन हुने  अध्यक्ष थापाले जानकारी दिएका छन् ।

विद्यार्थीहरुको सहभागीताले आफूहरु हषिर्त भएको सीइओ प्रकाश पुरीले जानकारी दिए । एकेडेमीमा सम्पादन, निर्देशन, छायांकन र अभियनको पढाई हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment