+
+

संसदले मिच्यो आफ्नै नियमावली

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २२ गते ६:५८

Samsad२२ असार, काठमाडौं । नयाँ नियमावलीलाई मिच्दै व्यवस्थापिका संसदको वैठक सञ्चलन गरिएको पाइएको छ ।

नियमावलीले अनिवार्य व्यवस्था गरेको प्रश्नोत्तरको कार्यलाई संसदमा लागू नै नगरी बैठक सञ्चालन गरिएको हो ।

संसद बैठक सुरु हुनासाथ ढ्यापढ्यापे, शून्य समय र विशेष सयम हुँदै कार्यसूचीमा प्रवेश गर्ने पुरानै प्रक्रियामा बैठक सञ्चालन भइरहेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

यस प्रक्रियामा सांसदहरुले आवज उठाउने सरकारको कुनै पनि एकाइमा उनीहरुको कुरा नपुग्ने र  संसदमा उपस्थित भएका मन्त्रीले एक कानले सुन्ने अर्को कानले उडाउने प्रवृत्ति कायमै रहेको छ ।

यी प्रवृत्तिले संसदीय व्यवस्थाको प्रभावलाई हलुका बनाउँदै गएपछि नयाँ नियमावलीको परिच्छेद ११ मा प्रश्न र ध्यानाकर्षणको व्यवस्था गरिएको छ ।

त्यस्तै सभामुखले अन्यथा आदेश दिएबाहेक प्रत्येक बैठकको पहिलो घण्टा प्रश्न सोध्न तथा उत्तर दिनका निमित्त रहने व्यवस्था गरिएको छ । तर, त्यसअनुरुप संसद बैठकहरु बस्न सकेको छेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?