+
+

माघ २४ गते संसदमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते २०:१५
फाइल तस्वीर

१९ माघ, काठमाडौँ । यही माघ २४ गते प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

माघ २२ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यस अगाडि शुक्रबार बसेको सभामुख देवराज घिमिरेसहिति सबै दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

पहिलो दिन राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र पढेर सुनाउने, सरकारले ल्याएका अध्यादेशहरु पेश गर्ने, शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहनेछ ।

२२ गते दिउँसो ४ बजे संसद बैठक बोलाइएको छ । ढिलो बैठक बोलाइएका कारण शीर्ष नेताहरुको सम्बोधन अर्को दिनका लागि राखिएको हो ।यसको औपचारिक निर्णय भने प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले गर्नेछ ।

यसपटकदेखि प्रतिनिधि सभामा संसदीय क्यालेण्डर लागू गर्ने पनि संसद सचिवालयको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?