+
+

रातो ड्रेसमा खुलेकी सुरविना, तर पहिरन मिलाउन सास्ती

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २२ गते ११:०४

Surbina Karki (8)
पछिल्लो चलचित्र ‘लुकामारी’ले करोड ग्रसको व्यापार गरेपछि नायिका सुरविना कार्की केही खुशी छिन् । निरन्तर चलचित्रको असफलताले उनको करिअर जोडतोडका साथ अगाडि बढ्न सकेको थिएन ।

फेसन र ग्ल्यामरको दुनियाँमा सुरविना अगाडि बढेपनि गतिलो प्रोजेक्ट नपाउँदा पछाडि नै छिन् । उनको नयाँ चलचित्र ‘चर्खा’ प्रदर्शनको लागि तयार हुँदैछ ।

एक कार्यक्रममा रातो वन पिसमा उपस्थित सुरविना हट देखिइन् । माथि खुलेको पहिरनका कारण पनि उनलाई बारम्बार कपडा मिलाउन हैरान हुन्थ्यो । Surbina Karki (1) Surbina Karki (3)

सार्वजनिक कार्यक्रमदेखि फोटोसुटमा पनि हट देखिने गरेकी सुरविना आफ्नो करिअरले विस्तारै गती लिन थालेको बताउँछिन् । निर्माणपक्षको दाबी अनुसार उनले काम गरेको चलचित्र ‘लुकामारी’ले मंगलबारसम्म करोड ग्रसको व्यापार गरिसकेको छ ।

अनलाइनखबरको क्यामेरामा विभिन्न पोजमा तस्बिर खिचाएकी यी सुन्दरी चलचित्र क्षेत्रमा अब आफ्नो यात्रा सुखद हुनेमा ढुक्क छिन् । Surbina Karki (4) Surbina Karki (6)
उनी अभिनित चलचित्र ‘झेली र नाइके’ असफल भएका थिए । यसैले पनि उनी एक सफल चलचित्रको खोजीमा छिन् । ‘लुकामारी’को करोड ग्रस व्यापारले उनलाई केहि हदसम्म राहत त दियो होला, तर आफ्नै बलबुताले हिट हुन अझै समय कुर्नुपर्ने अवस्था छ । Surbina Karki (7) Surbina Karki (9) Surbina Karki (10)

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?