Comments Add Comment

रिलिजको १७ दिन अगाडि नै एडल्ट कमेडी ‘ग्रेट ग्रान्ड मस्ती’को पाइरेसी

great grand masti piresi
बलिउडका केही चलचित्रलाई अहिले पाइरेसीले हैरान बनाइरहेको छ । केहि हप्ता अगाडि रिलिज भएको चलचित्र ‘उड्ता पञ्जाव’ पनि रिलिजको दिन अगावै इन्टरनेटमा आएको थियो ।

अब, अर्को एक चलचित्रमाथि पनि यस्तै भएको छ । रिलिज हुनुभन्दा करिब १७ दिन अगाडि एडल्ट कमेडी चलचित्र ‘ग्रेट ग्रान्ड मस्ती’ पाइरेसी भएको छ ।

अहिले यो चलचित्रलाई इन्टरनेटबाट डाउनलोड गरेर हेर्नेहरुको संख्या बढेको छ । रिलिजसम्म यो चलचित्र इन्टरनेटमै धेरैले हेर्नेछन् । पाइरेसी भएको कपि सेन्सरमा देखाइएको हो । यसैले सेन्सर बोर्डबाट नै चलचित्र पाइरेसी भएको अड्कल काटिएको छ ।

इन्द्रकुमारले निर्देशन गरेको यो चलचित्रमा रितेश देशमुख, अप्ताब, विवेक ओबराय र उर्वशी रौतेला मुख्य भूमिकामा छन् । जुलाई २२ मा यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment