+
+

कांग्रेस महामन्त्री कोइरालाको उपचारमा पत्नी सुपात्रासहित १५ जनाको टोली

प्रधानमन्त्रीले भने- उपचारमा कुनै कमी नहोस्

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २२ गते १३:२६

Dr-Shashank-Koirala-Admit

२२ असार, काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको उपचारमा १५ जना विशेषज्ञ डाक्टरहरुको टोली खटिएको छ । मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला नेतृत्वको टोलीमा कोइरालाकी श्रीमती डा. सुपात्रा, डा. अर्जुन कार्की लगायत छन् ।

टोलीले भारतको एपोलो अस्पतालका विशेषज्ञ चिकित्सकहरुसँग भिडियो कन्फरेन्समार्फत उपचारमा सरसल्लाह लिइरहेको छ ।

विदेश लैजाने चर्चा

कांग्रेस महामन्त्री कोइरालालाई गएरातिदेखि बान्ता भएपछि चाबहिल स्थित ओम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै रहेका बेला बुधबार बिहान बान्ता अड्कीएपछि उनी बेहोस् भएका थिए ।

त्यतिबेला उनको मुटुको चाल केहिबेर बन्द भएको अस्पताल स्रोतले बतायो । त्यसलगत्तै कोइरालालाई भेन्टिलेटरमा राखिएको थियो । त्यसपछि मात्रै उनका सहयोगीहरुले पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरुलाई खबर गरेका थिए ।

अहिले महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको ओम अस्पतालले जनाएको छ ।

उनलाई उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको एपोलो अस्पताल लैजान आफन्तहरुले भने पनि उपचारमा संलग्न चिकित्सकहरुले अवस्था गम्भीर रहेकाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पनि लैजान सक्ने अवस्था नरहेको बताएका छन् ।

अस्पताल परिसरमा मुटुरोग विशेषज्ञ डा. कोइरालाले भने, ‘उहाँ अहिले बेहोस् हुनुहुन्छ । भोलिसम्म हेरौं, थोरै सुधार भयो भने एयर एम्बुलेन्स मगाउँला ।’

उनले भारतको जस्तो उपचार नेपालमै पनि हुने बताए ।

विदेशका विशेषज्ञसँग भिडियो कन्फरेन्स

कांग्रेस महामन्त्री कोइरालाकी श्रीमती सुपात्राले पनि अहिले अस्पतालको बेडबाट बाहिर निकाल्न नहुने बताएकी थिइन् ।
चिकित्सकहरुले भारतको एपोलो अस्पतालका विशेष डाक्टरहरुसँग भिडियो कन्फरेन्समार्फत् कोइरालाको स्वास्थ्य अवस्था र उपचार विधिबारे सल्लाह लिइरहेका छन् ।

डा. कोइरालालाई भेट्न अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा सम्भव सबै उपाय अपनाउन निर्देशन दिएका थिए । उनले भने, ‘प्रविधिको जमाना छ, देश विदेशका डाक्टरहरुसँग भिडियो कन्फरेन्स गर्नुस् उपचारमा कुनै कमी नहोस् ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले उपचारमा सरकारको तर्फबाट पूरै सहयोग होस् भनेर प्रधानमन्त्री ओलीलाई भनेका थिए । ओलीले अस्पताल बाहिर रहेका मुख्य सचिव डा. सोमलाल सुवेदीलाई भित्र बोलाएर आवश्यक प्रवन्ध मिलाउन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?