Comments Add Comment

तिब्बतमा हिमताल फुट्दा भोटेकोसीमा बाढी

bhotekoshi_sindhupalchok२३ असार, काठमाडौं । वर्षा नै नभई भोटेकोसीमा मंगलबार राति अचानक बाढी आएपछि तिव्वततर्फ ठूलो वर्ष भएर पहिरो गएको तथा हिमताल विस्फोट भएको हुनसम्ने अनुमान विज्ञले गरेका छन् ।

तिव्वतमा ठूलो वर्षा भएर पहिरो थुनिएर बाढी आएको अनुमान पनि केही विज्ञको छ ।

हिमताल फुटेर वा डेब्रिज (गेगर, रुखबिरुवा, ढुंगा, लेदो) सहित ठूलो पहिरो आएका कारण अकस्मात बाढी आएको हुनसक्ने उनीहरुको अनुमान छ । आजको अन्नपूर्णमा समाचार छ ।

चीनतिरका १० हिमताल विस्फोटको जोखिममा रहेको यसअघिको अध्ययनलाई आधारमान्दा पनि चीनमा हिमताल फुटेको अनुमान गरिएको हो ।

१० मध्ये ६ वटा जतिबेला पनि विष्फोट हुन सक्ने अवस्थामा रहेको एक अध्ययनले देखाएको थियो ।

नेपालमा आफ्नै भू उपग्रह नभएका कारण सरकारी अधिकारीहरुले बाढीका काराण खोज्न भारत, चीन र जापानको सहयोग लिइरहेका छन् । उनीहरले उपलव्ध गराउन्े तस्विरका आधारमा मात्र बाढीको कारण पत्ता लाग्ने बाढीविद् विनोद पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment