२३ असार, काठमाडौं । सुनचाँदी व्यवसायीले विदेशबाट कामदारले काँचो सुनचाँदी ल्याउन नपाइने गरी लगाइएको प्रतिवन्धप्रति आपत्ति जनाएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै सरकारले विदेशका कामदारले ल्याउने ढिक्का सुन रोकिँदा नेपाली सुनचाँदी बजार प्रभावित हुने चेतावनी दिँदै आएइको छ ।
बजारमा दैनिक २५ किलो सुनको काम रहेको दावी गर्दै महासंघले बैंकहरुले दैनिक १५ केजी मात्रै सुन आपूर्ति गरिरहेकाले समस्या हुने बताएको छ । नयाँ व्यवस्थाले बजारमा मुख्य सिजनहरुमा सुनको अभाव सिर्जना हुनसक्ने चेतावनी महासंघले सरकारलाई दिएको छ ।
‘यो व्यवस्थाले बजारमा प्रतिकुल असर पार्नेछ । यसबाट तस्करहरुलाई पनि हामीले नचाँहदा-नचाँहदै सघाऊ पुग्ने देखिन्छ’ महासचिव दिपेशरत्न शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कामदारले ल्याउने काँचो सुन प्रतिवन्ध गर्दा २२ हजार सुनचाँदी पसल र १ लाख भन्दा बढी कालीगढलाई प्रत्यक्ष असर पर्ने र यसैका कारण बेरोजगारी बढ्न सक्नेतर्फ महासंघले सरकारलाई सचेत गराएको छ ।
विदेशमा काँचो सुन भन्दा गरगहना महंगो पर्ने भएकाले नेपाली नागरिकको पैसा मात्रै फस्ने विज्ञप्तिमा दावी गरिएको छ । विदेशी मुद्राको व्ययभार बढ्ने गरी ल्याइएको नयाँ व्यवस्थाले सुन व्यवसायीलाई मात्रै नभएर प्रवासी नेपालीलाई पनि हित नगर्ने विज्ञप्तिमा उल्लेख छ ।
महासंघले ५० ग्राम ढिक्का सुन र ५ सय ग्रामसम्म चाँदी ल्याउन पाइने पहिलेकै व्यवस्था कायम राख्न सरकारसँग माग गरेको छ । यो व्यवस्था भए सुनको बजारलाई व्यववस्थित गर्न र नियमन गर्न सहयोग गर्ने प्रतिवद्धता पनि महासंघले जनाएको छ ।
यी पनि पढ्नुस्
विदेशबाट फर्किंदा काँचो सुन ल्याउन किन लाग्यो प्रतिवन्ध ?
स्वदेश फर्कँदै हुनुहुन्छ ? झिटीगुन्टा आदेशमा भएको तीन परिर्वतन जान्नुस्
विदेशबाट ५० ग्राम सुनका गहना मात्रै ल्याउन पाइने, काँचो सुन बोक्न प्रतिवन्ध
प्रतिक्रिया 4