Comments Add Comment

जिरोर्डलाई आफ्नै क्लब टिममेट ओजिलको डर

olliver-geroud

काठमाडौं । फ्रान्सका मूख्य स्ट्राइकर ओलभिर जिरोर्डलाई राम्ररी थाहा छ कि जर्मन प्लेमेकर मेसुट ओजिललाई रोक्न सकिएन भने आफ्नो टोलीका लागि निक्कै हानिकारक हुनेछ ।

आज राति मार्सेलीमा हुने जर्मनी र फ्रान्सबीचको बहुप्रतीक्षित सेमिफाइनल भिडन्तमा इंग्लिस टोली आर्सनलका टिममेट जिरोर्ड र ओजिल एक अर्काको प्रतिस्पर्धीको रुपमा आमने सामने हुँदैछन् ।

जिरोर्ड स्वीकार्छन कि घरेलु टोलीलाई फाइनलमा स्थान बनाउनु छ भने जर्मन प्लेमेकर ओजिललाई खुलेर खेल्न दिनुहुन्न । उनले भने, ‘जर्मन र आर्सनल टोलीको लागि पास र भिजनको मामलामा ओजिल निक्कै प्रतिभावान खेलाडी हुन् ।’

जिरोर्डका अनुसार ‘उनी मैदानको छेउबाट तीव्र गतिमा बल अगाडि लैजान मन पराउँछन् हामीले उनीमाथि नजर राख्नु जरुरी हुन्छ । मलाई लाग्छ हामी उनलाई रोक्न सक्छौं ।’

गत सिजन आर्सनलबाट लगातार १५ खेल गोलबिहीन रहेका जिरोर्ड निक्कै आलोचित बनेका थिए । पि्रमियर लिगको उपाधि आर्सनलले जित्न नसक्नुमा धेरै आलोचकले उनैलाई कारण मान्छन् । उनले पि्रमियर लिगको अन्तिम २ खेलमा ४ गोल गरेर लयमा फर्किएको संकेत गरेका थिए । त्यसमा एक हृयाट्रिकसमेत थियो ।

त्यसै अनुरुप जारी प्रतियोगितामा डिडिएर डेसच्याम्पले उनीमाथि भरोसा गर्दै फ्रान्सको अग्रपंक्तिको जिम्मा दिए । उनले घरमै भइरहेको प्रतियोगिताको ४ खेलमा २ गोल गरेका छन् भने २ गोलका लागि पास उपलब्ध गराएका छन् । उनले क्वाटरफाइनलमा आइसल्याण्डबिरुद्धको जितमा २ गोल गरेका थिए ।

जिरोर्डले फ्रान्सेली टोलीमा रियल मड्रिड स्ट्राइकर करिम बेञ्जिमाको अनुपस्थितिको आफ्नो लयसँग कुनै सम्बन्ध रहेको भनाइलाई इन्कार गर्छन् ।
जिरोर्ड, एन्टोइन् गि्रजम्यान र दिमित्री पायेटले गोल गरेर बेञ्जिमाको अनुपस्थितिको पूरकको काम गरेका छन् । जिरोर्डले भनेका छन्, ‘म फेरिपनि भन्छु मलाई त्यस्तो लाग्दैन, म टोलीको उद्देश्य र खेलको बारेमा मात्र सोच्छु ।’

जिरोर्डले भने, ‘म यसलाई व्यक्तिगत मुद्धा बनाउन चाहन्छ । करिम फ्रान्सेली राष्ट्रिय टोलीका एक खेलाडी हुन् । उनले टालीमा पुनरागमन गर्नेछन् । उनीसँग मेरो कुनै समस्या छैन , म कुनै असमझदारी बनाउन चाहन्न । त्यसैले मेरो उनीसँगको खास सम्बन्धको बारेमा बताउन यहाँ बताउन चाहन्नँ ।’

‘म फ्रान्सेली टोलीबाट यस प्रतियोगिताको आनन्द लिइरहेको छु,’ जिरोर्डले भने, ‘म हाम्रो लक्ष्य प्राप्त गर्ने प्रयासमा छु । धन्यबाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment