Comments Add Comment

पुस २३ देखि माओवादी केन्द्रको महाधिवेशन तय

prachanda & badal

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पुस २३ गते काठमाडौंमा हुने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पार्टी पोलिटव्यूरो बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादी लगायत दस कम्युनिष्ट घटकहरुबीच पार्टी एकता भएपछि महाधिवेशन गर्न लागेको हो ।

उनीहरुबीच पार्टी एकतापछि महाधिवेशनमा जाने सहमति भएको थियो । त्यही अनुसार महाधिवेशनको मिति तय गरेको हो ।

यस्तै माओवादीले आफ्ना सबै कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिसकेको छ ।

माओवादीले सहमतीय सरकारको नेतृत्वमा खुला रहने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment